ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनमा सञ्जिव बराल


एबीसी न्यूज

काठमाडौं, ७ भाद्र । निमार्णाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन आयोजनको काम अव तिव्ररुपमा काम सुरु हुने भएको छ ।
प्रदेश नं ५ को बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा र्पुयाउने लक्ष्यका साथ सुरू उक्त आयोजनामा ‘आयोजना निर्देशक’ परिवर्तन गरेपछि कामले तिव्रता पाउने भएको हो । यसअघि कार्यरत शिवकुमार बस्नेतलाई सिँचाइ विभागमा सरुवा गरी सञ्जिव बराललाई उक्त जिम्मेवारी तोकिएको छ ।

मन्त्रीस्तरीय निर्णयले बराललाई नयाँ आयोजना निर्देशकको जिम्मेवारी दिइएको हो । बराल यसअघि एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित विभाग अन्तर्गतको जलस्रोत आयोजनाको तयारी सहयोगमा कार्यरत थिए ।
अहिले आयोजनाको सुरुङ ७.१ किलोमिटर खनिएको छ । बाँध तथा विद्युतगृहको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) पनि अन्तिम चरण छ । यस अघिका निर्देशक शिवकुमार बस्नेत स्थानीयबासी, सरोकारवाला, राजनीतिक दल र ठेकेदारसँग प्रभावकारी समन्वय गरेर काम गर्दै आएका थिए । घरायसी र स्वास्थ्य अवस्थाले आयोजनास्थल बस्न गाह्रो भएको कारण अवगत गराएपछि मन्त्रालयले उनको विभागमै सरुवा गरेको हो ।

ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) मा इन्जिनियरबाट सेवा सुरु गरेका बराल उनले विद्युत विकास विभागको सिनियर डिभिजनल इन्जिनियर हुँदै २० मेगावाटको बूढीगंगा जलविद्युतमा आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
बराल करिब ३ वर्षअघि नेतृत्व तथा व्यवस्थापन सीप विकासका लागि हुबर्ट एच हम्फ्रे फेलोसिप पाएर अमेरिका पढ्न गएका थिए ।
अध्ययनरत रहँदा नै उनी खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन् । उनले जलस्रोत इन्जियरिङ र व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् । बराल जलस्रोत क्षेत्रका जुझारू युवा सहसचिव हुन् । सुरुङ निर्माण ५० प्रतिशतभन्दा बढी पूरा भइसक्दा बाँध र विद्युतगृहको काम सुरु भएको छैन । सुरुङ पूरा हुँदासम्म बाँध र विद्युतगृह नबने आयोजना प्रभावित हुने सम्भावना छ । बरालले यस्ता खाले चुनौती व्यवस्थापन गरेर काम गरेमा सक्षमता पुष्टि हुनेछ । भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङबाट बबईमा खसाली बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ पुर्याउने आयोजनाको लक्ष्य हो । यसबाट करिब ४६ मेगावाट विद्युतसमेत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

प्रचण्डले रोल्पाको थबाङदेखि बागलुङको ढोरपाटनसम्म के के गरे ?

तीन निर्माण कम्पनी परे कालोसूचीमा

माओवादीबीच एकताको पहल गर्न प्रचण्डलाई रुकुमपूर्वको आग्रह

गभर्नर नियुक्त भएपछि विश्व पौडेलले भने– वित्तीय क्षेत्रको स्थिरता सुनिश्चित गर्नु मेरो प्राथमिकता

विश्व पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त

विनिमय दर : कुन विदेशी मुद्राको भाउ कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com