ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाताबाट स्वास्थ्यचौकी भवन निर्माण


bhawani desk
भाद्र ७, २०७५ बिहीबार  १२ : ०१ बजे

तेह्रथुम, ७ भाद्र ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ ।

स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् ।

स्वास्थ्यचौकीका लागि ११ कोठे भवन निर्माण भएपछि अब २४ घण्टे प्रसूति सेवासमेत शुरु भएको छ ।

भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर, इन्द्रबहादुर, गणेशबहादुर, हृदयमान र प्रेमबहादुर सम्बाहाम्फेले आफ्ना स्व बुबा टङ्कबहादुर र आमा मनमायाको स्मृतिमा पाँच रोपनी जग्गा आठ कोठा निर्माणका लागि रु ३९ लाख सहयोग गर्नुभएको हो ।

यस्तै खेलप्रसाद लिम्बूले आफ्ना बुबा मनबहादुर र आमा निमाको स्मृतिमा एक रोपनी जग्गा र तीन कोठे भवन निर्माणका लागि रु १५ लाख सहयोग गर्नुभएको छ ।
भवन निर्माणपछि स्वास्थ्यचौकीको सेवा प्रवाहमा सहज भएको छ ।

नवनिर्मित भवनको बुधबार म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो । कार्यक्रममा नगर प्रमुख तुम्बाहाम्फेले नगर क्षेत्रको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सहयोग गर्ने समाजसेवी दम्पतिलाई धन्यवाद प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com