ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अशोक दर्जीले पाए नयाँ घर


एबीसी न्यूज

काठमाडौं, ६ भदौ । युट्युब च्यानलबाट भाइरल भएका बालक हुन् अशोक दर्जी । बाटोमा गीत गाउँदै गर्दा एक युट्युबरले उनको भिडियो युट्युबमा अपलोड गरेपछि उनको सर्वत्र खोजी भयो । राम्रो गीत गाउने अशोकको परिवार टहरोमा बसोबास गर्थे । तर, अहिले तिनै बालकको भाग्य फेरिएको छ । उनको परिवारले नयाँ पक्की घर पाएको छ ।

गायक एवं संगीतकार टंक बुढाथोकीले उनको जिम्मा र उनले एउटा गीत पनि गाउन दिए । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत पनि हिट भयो । गीतको भिडियोमा पनि उनी देखिए । तिनै संगीतकार बुढाथोकीको पहलमा अशोक दर्जीको परिवारले परिवारले सोमबार नयाँ पक्की घर पायो ।
सोमबार दमकमा एक कार्यक्रमको आयोजना गरेर अशोकको बाबुआमालाई घरको साँचो हस्तान्तरण गरियो । अशोकको परिवार सोमबारबाटै नयाँ घरमा बस्न थालिसकेका छन् ।
संगीतकार बुढाथोकीका अनुसार अशोकको घर सुविधायुक्त छ । घरमा फर्निचरको कुनै कमी छैन । उनको घरमा ४३ इन्चको टिभी समेत राखिएको बुढाथोकीले जानकारी दिए । फ्रिज, डाइनिङ टेबल, पलङदेखि भान्सामा आवश्यक पर्ने सम्पूर्ण सामग्री उनको नयाँ घरमा छ । उनको घरमा होम थिएटर समेत रहेको बताइएको छ ।
विभिन्न सहयोगी हातहरुबाट २१ लाख संकलन भएको र त्यही पैसाको बलमा चार कोठे घर निर्माण गरिएको बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

शिक्षकका समस्या तीन दिनभित्र समाधान गर्न सरकारलाई सर्वोच्चको आदेश

एनआरएनएलाई सर्वोच्चको चेतावनी : अदालतको आदेश पालना गर्नुस्

अहिलेको व्यापार युद्ध यसअघिभन्दा कसरी फरक छ ?: न्यूयोर्क टाइम्स

खनाल आयोगले निष्कर्ष : नियमनकारी निकायहरू स्वार्थ–समूहको कब्जामा, १२ मुख्य बुँदा, समाधानका ५ कोण

चीनसँग गहिरिँदो व्यापारिक लडाइँले अमेरिकी किसानहरूलाई नयाँ खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com