ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा पुस्तकको ‘आत्मा’ खोज्दै हङकङका लेखक


admin
भाद्र ५, २०७५ मंगलबार  ७ : ०९ बजे

धरान, ५ भदौ । हङकङलाई कर्मथलो बनाएका लेखक टीम आई. गुरुङले ब्रिटिश गोर्खासम्बन्धी एक पुस्तकको मस्यौदा तयार गरिसकेका छन् । छ मुलुकको भ्रमण र दुई वर्षको निरन्तर अध्ययनपछि लेखकले सो मस्यौदा तयार गरेका हुन् ।

मस्यौदालाई पुस्तकको ‘शरीर’को संज्ञा दिएका लेखक गुरुङले कृतिको आत्मा खोज्न नेपाल आएको बताए । धरानमा आज आयोजित “स्रष्टासँग संवाद” कार्यक्रममा बोल्दै स्रष्टा गुरुङले यस्तो विचार व्यक्त गरेका हुन् । पुस्तकको ‘आत्मा’ बृटिश गोर्खाजका “लिभिङ हिरोज्” अर्थात् जिउँदा नायकहरुसँग रहेकाले गुरुङले नेपालको सुदुर पूर्व पशुपतिनगरदेखि पश्चिम कञ्चनपुरसम्मको यात्राराम्भ गरेका छन् ।

यस क्रममा लेखकले दोस्रो विश्वयुद्ध लडेका र वर्षौ बृटिश सैन्यमा सेवारत पूर्व सैनिकहरुसँग संवाद गर्नेछन् ।

एक महिने यात्राका क्रममा स्रष्टा लेखकले इलाम, सुनसरी, धनकुटा, तेह्रथुम, सिन्धुली, गोर्खा, लमजुङ, स्याङ्जा, कास्की, म्याग्दी, रुपन्देहीलगायत पूर्वी नेपालदेखि सुदुर पश्चिमसम्म भ्रमण गर्नेछन् । अनुसन्धान यात्राका क्रममा लेखक गुरुङले धरान, काठमाडौं र पोखरामा संचारकर्मीहरुसँग संवाद कार्यक्रम आयोजना गर्नेछन् ।

हालसम्ममा लेखकका चौध कृति अंग्रेजीमा प्रकाशित छन् । कार्यक्रममा गुरुङले बृटिश गोर्खाजसम्बन्धी नयाँ पुस्तक सन् २०१९ को अन्त्यतिर प्रकाशन हुने जानकारीसमेत गराए । गुरुङ हङकङस्थित एशिया टाइम्सका निम्ति नियमित लेखरचना लेख्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com