काठमाडौं ,५ भाद्र । १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको भन्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निम्बुखेडामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि स्थानीय वासिन्दाले प्रदर्शन गरेका हुन ।
बलात्कार र हत्या प्रकरणले मंगलवार महेन्द्रनगर तनावग्रस्त भएको छ ।
प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलन भएका छन् । आन्दोलित सर्वसाधारणले सोमवार सदरमुकाम महेन्द्रनगर समेत बन्द गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्