ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुलाइ महिनामा साढे ७३ प्रतिशत पर्यटक वृद्धि


admin

काठमाडौँ, २ भदौ । सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महीनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महिनामा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१८ को सात महीनामा पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो । पर्यटक आवागमनको याम नहुँदासमेत बोर्डले प्रचारात्मक र प्रवद्र्धनात्मक अभियानलाई बढावा दिएका कारण पर्यटकको आवागमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो ।

भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा गत वर्षको सोही महीनाको तुलनामा ८०.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) क्षेत्रका मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा ६६.१ प्रतिशतले वृद्धि भएको छ । चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा समेत गत वर्षको सोही महीनाको तुलनामा १२५.४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै दक्षिण कोरियाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा २१.९ प्रतिशत र जापानबाट आउनेको सङ्ख्यामा ३६ प्रतिशतले वृद्धि भएको छ । जोशीका अनुसार बङ्गलादेशबाट एक हजार ४१०, भारतबाट १८ हजार ३८५, श्रीलङ्काका एक हजार ४५७, पाकिस्तानबाट ३९७, चीनबाट १३ हजार १२३, जापानबाट एक हजार २८४, मलेसियाबाट एक हजार १९३, सिङ्गापुरबाट ३३१, दक्षिण कोरियाबाट दुई हजार ४१५, थाइल्याण्डबाट ८७२, क्यानडाबाट ९२१ तथा अमेरिकाका छ हजार ९५७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डले अध्यागमनमा दर्ता भएको तथ्याङ्कका आधारमा पछिल्लो तथ्याङ्क उपलब्ध गराएको हो । विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेका कारण पर्यटन आवागमनमा वृद्धि भएको जोशीको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । नेपाल भ्रमण वर्षको सचिवालयले आवश्यक तयारीसमेत गरिसकेको छ ।

पर्यटन प्रवद्र्धनका लागि बोर्डले १०० भन्दाबढी पर्यटकीय गन्तव्यको पहिचान गर्न सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिसकेको छ । सरकारले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउन आवश्यक रणनीति बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

छत्तीसगढमा २ गाडी ठोकिँदा १३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com