ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन् : अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
भाद्र १, २०७५ शुक्रबार  ८ : १७ बजे

काठमाडौँ, १ भदौ ।  अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रदत्त अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।

अर्थमन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्, त्यसतर्फ सम्वन्धित निकायले सोच्नुपर्छ ।”

अर्थमन्त्री खतिवडाले हुने खाने वर्गले धेरै, समान व्यक्तिसँग समान कर असुली गर्दै गरिबीको रेखामुनी बाच्न बाध्य जनतालाई राहत दिनु नै प्रगतिशील कर व्यवस्था भएको बताउनुभयो ।

जनताले कर तिरेपछि प्रतिफल खोज्नु स्वभाविकै छ, उहाँले भन्नुभयो, “स्थानीय तह जनताप्रति उत्तरदायी र जवाफदेही हुननसके यो व्यवस्थाप्रति नै जनताको गुनासो बढ्दै जान्छ ।”

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुुङ्गानाले साउन महिनाको राजश्व स¬ङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो ।

साउन महिनामा रु २५ अर्ब २५ करोड खर्च भएको जसमध्ये चालु खर्च रु २४ अर्ब ६६ करोड, पूँजीगत खर्च रु १ अर्ब ३२ करोड भएको छ । त्यसैगरी प्रदेशलाई सर्शत र समानीकरण अनुदान रु ७ अर्ब ५६ करोड तथा स्थानीय अनुदान सर्शत र समानीकरण रु ११ अर्ब ७६ करोड वितरण गरिएको छ ।

अर्थमन्त्रालयले यस अवधिमा योगदानमा आधारित निवृत्तिभरण कोष, भुक्तानी तथा फछ्र्यौट, बीमा सम्बन्धी कानूनलाई संशोधन एकीकरण, र सङ्घीय लेखापरीक्षणसम्बन्धी विधेयक छलफलका लागि संसदमा पठाएको छ ।

त्यसैगरी, लगानीसम्बन्धी कानून संशोधन र एकीकरण, सङ्घीय आर्थिक कार्यविधि, गैर बैंकिङ वित्तीय संस्थाको नियमन गर्ने निकाय स्थापना गर्ने कानून, सार्वजनिक संस्थान सञ्चालन तथा व्यवस्थापन गर्ने कानून र विदेशी विनिमय नियमित गर्ने कानूनको अन्तिम मस्यौदा तयार गरिएका छन् ।

अर्थमन्त्रालयले आर्थिक वर्ष २०७५।०७६ को आम्दानी र खर्चको विवरण ९बजेट० वक्तव्यमा घोषण गरिएका व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा रोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, उद्यमशील महिला समूह कर्जा, दलित व्यवसाय कर्जा र उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा उपलब्ध गराउन एकीकृत कार्यविधिको अन्तिम मस्यौदा तयार गरेको पनि सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भुकम्प पिडितलाई राहतदिने

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com