ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर अस्पतालमा बिरामीको चापमा बढ्दै


bhawani desk

नेपालगन्ज, १ भदौ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार सेवा प्रारम्भ गरेको डेढ महिनाको अवधिमा ५२२ जनाको उपचार भएको छ ।

सरकारीस्तरबाट राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । असार ९ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालले हालका लागि बहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ । दशैँअघिदेखि बिरामी भर्ना गरेर थप उपचार सेवा दिने अस्पतालको लक्ष्य छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्याबाट आफ्नो सेवा प्रारम्भ गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ । यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका नागरिकलाई शुरुआती चरणको उपचार सेवा लिन भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com