ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीको कटानका कारण बोटे बस्ती त्रासमा


bhawani desk

नवलपुर, १ भदौ । वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे बस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् ।

नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘बाससँगै खेतीयोग्य जमीन पनि बगरमा परिणत हुँदा गास पनि खोसिएपछि अहिले त्रास र दुःख मात्र बाँकी छ ।’’ आफूले थाहा पाउँदा नदी वस्तीबाट धेरै टाढा रहेको बताउँदै ५२ वर्षीय रानाले अकल्पनीयरुपमा नदी बस्तीमै आइपुग्दा यस क्षेत्रका ४२० घर उच्च जोखिममा परेको बताउनुभयो ।

अर्का स्थानीय बासिन्दा नारायणप्रसाद महतोले वर्षेनी वस्तीतर्पm बढेको नदी गम्भीर चिन्ताको विषय बनेको बताउँदै हालै नदीको बहाव अत्यधिक बढेपछि डरले रातमा जाग्राम बस्नु परेको दुखेसो सुनाउनुभयो । अघिल्लो वर्षमात्रै साउन १८ गते उर्लिएको नदीका कारण यहाँका १८ घर बगाउँदा मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमाल, पशु चौपाया र खेती बगाएर ठूलो नोक्सान भएको उहाँले बताउनुभयो ।

बाढीको त्रासले वर्षात्को समयमा पूर्वसूचनाका लागि स्थानीय १० जनाको समूह बनाएर रातको समयमा जाग्राम बस्ने गरेको उहाँको भनाइ छ । कटान बढेसँगै व्यक्तिका जग्गा बगरमा परिणत भएकोे अर्का स्थानीयबासिन्दा इन्द्र बोटेले गुनासो गर्नुभयो ।

माझी, मुसहर र बोटे कल्याण सेवा समितिकी सामाजिक परिचालका समेत रहनुभएकी उहाँ भन्नुहुन्छ, “उत्पादनयोग्य जमीन बगरमा परिणत हुनु, पशुपालनका लागि घाँस ल्याउन पनि आरक्षमा कडाइ हुनुजस्ता समस्याका कारण सर्वसाधारणको जीविकोपार्जनमा दिन प्रतिदिन कठिनाइ परेको छ ।

भएको जमीन उपयोगविहीन भएपछि विकल्पका रुपमा माछा मार्ने, तामा काट्ने र निउरो खोजेर बिक्री गरी जीवन निर्वाह गर्दै आएको सो क्षेत्रका बासिन्दा सुकमाया बोटे बताउनुहुन्छ ।

पूर्णरुपमा कटान नियन्त्रण गर्न नवलपुरको गैँडाकोटदेखि त्रिवेणीसम्म तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्नुका साथै त्यसमाथि बाटो बनाउनसके उक्त क्षेत्रको वस्ती जोगाउन सकिने प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको भनाइ छ ।

यसैबीच साउनको दोस्रो साता उक्त क्षेत्रको अवलोकन गर्न पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्थानीय बासिन्दाले कटान नियन्त्रण गरी बस्ती सुरक्षाको सामूहिक माग गरेका थिए ।

गुनासो सुन्दै मुख्यमन्त्री गुरुङले तत्कालीन र दीर्घकालीन योजनाका साथ नारायणी नदी नियन्त्रणका साथै प्रभावित क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले उचित पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पूर्णरुपमा नदी नियन्त्रणसहित सोही तटबन्धलाई सडक पूर्वाधारकारुपमा विकास गर्न अर्बांै रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उक्त कार्यका लागि सङ्घ सरकारसँग माग गरेर समस्याको स्थायी समाधान गर्नेतर्पm प्रदेश सरकार लाग्नेछ ।

नवलपुरको गैँडाकोटदेखि बोटे बस्तीसम्मको लगभग ४४ किलोमिटर नारायणी नदीको कटान रोक्नका लागि जनता तटबन्धन कार्यक्रम चितवनले सञ्चालन गरे पनि नवलपुरतर्पm प्रभावकी नदेखिएको प्रदेशसभा सदस्य रोशनबहादुर गहामगर बताउनुहुन्छ ।

कावासोती नगरपालिका वडा नं ११ र १२ मा सबैभन्दा बढी कटान भएको बताउँदै उहाँ भन्नुहुन्छ, “नारायणी नदीमा वर्षादका कारण बहाव बढ्ने र त्रिवेणी सुस्ता गण्डक नहर बाँध भारतको तर्फबाट पूरै ढोका नखोल्दा प्रत्येक वर्ष कटानको खतरा बढ्ने गरेको छ ।”

नारायणी नदीको पूर्व चितवन राष्ट्रिय निकुञ्जतर्फ नदीजन्य वस्तुको निकासीमा कडाइ हुनु र पश्चिमतर्पmको बस्तीमा चोरी निकासी बढेका कारण नदीको भङ्गालो सोझिएको नवलपुर जिल्लातर्फको क्षेत्रमा सङ्घीय र प्रदेश सरकारले तत्काल स्थायी तटबन्ध निर्माण गरी कटान रोक्नु अपरिहार्य रहको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com