ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुर जिल्लामा पुराना प्रविधि लोप हुँदै


bhawani desk
भाद्र १, २०७५ शुक्रबार  १२ : १६ बजे

उदयपुर, १ भदौ । गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ ।

सात वर्ष अघिसम्म पनि जिल्लाको मध्य पहाडी क्षेत्रको जाँते, लाफागाउँ, बलाम्ता, खाँबु, साउने तथा इनामे भुटारजस्ता गाउँमा लोकप्रिय रहेको जाँतो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसँगै पूर्ण विस्थापित भएको सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा बताउँछन् ।

इनामेमा आजभन्दा सात वर्षअघिसम्म स्थानीय यारीखोलामा सञ्चालन हुँदै आएको पानीघट्ट अहिले पूर्णरुपमा बन्द हुन पुगेपछि पानीघट्ट लथालिङ अवस्थामा रहेको ताप्ली गाउँपालिका–४ का ७० वर्षीय कृष्णमान तामाङ बताउनुहुन्छ । तामाङ भन्नुहुन्छ, “पहिलापहिला गाउँमा बिजुली नआउँदा र मिल स्थापना नहुँदा यारीखोलाको पानी घट्टमा वल्लोपल्लो गाउँका गाउँले धान कुटाउन कोदो मकै पिसाउनेको ओइरो नै लाग्थ्यो, अब घट्ट भत्किदै गइसक्यो, यो क्षेत्र सुनसान बन्न पुगेको छ, सबै आफ्नै टोलटोलमा नयाँ प्रविधिको मिल सञ्चालन गरेर धान, कोदो र मकै पिस्छन् ।”

उदयपुर लिमचुङबुङ बराहका ६८ वर्षीय होमप्रसाद बराल हिजोआज गाउँमा ढिकी र जाँतो विस्थापित हुन पुगेकामा निकै चिन्तित बन्न पुगेका छन् । बराल भन्नुहुन्छ, “विगतमा गाउँघरमा ढिकी, जाँतो चल्दा र ढिकी, जातोको आवाज आउँदा पनि गाउँघर रमाइलो हुन्थ्यो, तर अहिले गाउँमा ढिकी घर भत्किसके, जाँतो उखेलिएर फालिसके, अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुँदा गाउँ नै सुनसान हुन पुगेको छ ।”

गाउँमा दशैँ, तिहारको समयमा र विवाहलगायत विभिन्न कार्य हुँदा ढिकीमा च्यूरा तथा धान कुट्ने कार्यले गाउँ नै रमाइलो हुने गथ्र्यो । आज नयाँ प्रविधिको कारण पुराना प्रविधि विस्थापित भएपछि गाउँघर नै सुनसान हुन पुगेको जाँतेका ६० वर्षीय चन्द्रकला राईको धारणा छ ।

आजभन्दा सात वर्षअघिसम्म जिल्लाको मध्यपहाडी र पूर्वीपहाडी क्षेत्रमा धेरै स्थानीय बासिन्दा ढिकी र जाँतो नै प्रयोग गरेर धान कुट्ने मकै तथा कोदो पिस्ने गरे पनि अब नयाँ प्रविधिले गर्दा हिजोका ढिकी र जाँतो विस्तारै इतिहास बन्न पुगेको जनता उच्च मावि जाँतेका प्राचार्य पुष्पराज राई बताउनुहुन्छ ।

साउने खाँबुका डिकबहादुर मगर भन्छन्, “आफूहरुको गाउँमा त १२ वर्षदेखि नै मिलमा धान कुटाउने र मकै तथा कोदो पिस्ने गर्दै आएका छौँ, नयाँ प्रविधिको आगमन र युवतीहरुमा अध्ययन गर्ने क्रम बढेसँगै ढिकी, जाँतो चलाउन छाडिएको छ ।” गाउँगाउँमा बिजुली विस्तार भएको र विद्युत् नपुगेको स्थानमा पनि मिल स्थापना गरेर इन्धनबाट मिल चलाउने प्रविधि आएपछि अब जिल्लाको पहाडी क्षेत्रमा पुराना प्रविधि विस्तारै विस्थापित हुँदै गएको गाउँलेहरु बताउँछन् ।

कतिपय गाउँलेका घरमा अहिले पनि पुराना जाँतो र ढिकी रहे पनि प्रयोगमा ल्याउन छाडेका कारण अब यसको प्रचलन नै हराउन थालेको आँपटार रौता उच्च माविका प्राचार्य महेन्द्र राउतको भनाइ छ ।

दश वर्षअघिसम्म जिल्लाको पहाडी क्षेत्रमा घरघर र गाउँगाउँमा सञ्चालन हुने ढिकी, पानीघट्ट र जाँतो अब विस्तारै इतिहास बन्न थालेको यस क्षेत्रका पढे लेखेका विज्ञहरु बताउँछन् । अन्नबाली ढिकी, जाँतो र घट्टमा कुटानी पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि यी परम्परागत प्रविधिको संरक्षण गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वीनेपालमा भूकम्पको धक्का

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com