ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन


admin


काठमाडौं, ३१ साउन ।
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान प्रतिष्ठान (एम्स)ले विज्ञप्ति जारी गर्दै बिहीबार सा“झ भारतीय समय अनुसार ५ बजेर ५ मिनेट (नेपाली समय ५ बजेर २०मिनेट) जाँदा पूर्वप्रधानमन्त्री वाजपेयीको उपचारका क्रममा निधन भएको जनाएको छ । ९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका थिए ।

गतको जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजेपेयीलाई अस्पताल भर्ना गरिएको थियो ।एम्सले जनाएअनुसार बाजपेयीलाई लाइफ सपोर्ट सिस्टममा राखेर उपचार भैरहेको थियो ।

भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बनेका थिए । वाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री भएका थिए । त्यसपछि सन् १९९८ मा ११ महिनाका लागि दोस्रो पटक प्रधानमन्त्री बनेका वाजपेयी सन् १९९८ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तेस्रो कार्यकाल भने उनले पूरै ५ वर्ष सम्हालेका थिए ।

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ । अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अटल बिहारी वाजपेयीको निधनले आफू निःशब्द भएको बताएका छन् ।

वाजपेयीले लोकसभामा दिने गरेका मन्तव्यले के विपक्ष के सत्तापक्ष पूरै मन्त्रमुग्ध हुने गथ्र्यो । वाजपेयीको वाककलाको प्रशंसा गर्दै पूर्व लोकसभा अध्यक्ष अनन्तराम अयंगरले एकपटक भनेका थिए कि ‘लोकसभामा अंग्रेजीमा हिरेन मुखर्जी तथा हिन्दीमा अटल बिहारी वाजपेयीजस्तो राम्रो वक्ता कोही पनि थिएन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

ट्रम्प प्रशासनले रोक्यो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना

बंगलादेशको अन्तरिम सरकार प्रमुखबाट राजीनामा दिने मुडमा मोहम्मद युनुस

अमेरिकामा आवासीय क्षेत्रमा विमान दुर्घटना

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com