ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई हजार भन्दा बढी व्यापार,व्यवसाय उद्योग दर्ता


bhawani desk


अछाम,३१ साउन । घरेलु तथा साना उद्योग विकास समिति अछाममा हाल सम्म २ हजार ५ सय २ ओटा उद्योगहरु दर्ता भएका छन् ।

बाँणिज्य तर्फ २ हजार ४ सय ५९ र उद्योग तर्फ ७ सय ३६ र नयाँ ४३ गरी जम्मा २ हजार ५ सय २ ओटा उद्योगहरु घरेलु तथा साना उद्योग बिकास समितिमा दर्ता भएका समितिका सहलेखापाल बिबेक चौधरीले बताउनु भयो ।

१० ओटा स्थानीय तह मध्य सबै भन्दा बढी साँफेबगर नगरपालिकामा संचालनको अनुमती लिएर ७ सय ४० ओटा उद्योग दर्ता भएका छन । जस मध्य बाणिज्य तर्फ ५ सय ४७ र उद्योग तर्फ १ सय ९३ रहेका छन् ।

यस्तै मंगलसेन नगरपालिकामा संचालनको अनुमती लिएका बाणिज्य तर्फ ४ सय ९० र उद्योग तर्फ २ सय ४८ गरी ७ सय ३८, कमलबजार नगरपालिकामा बाणिज्य तर्फ २ सय ६४ र उद्योग तर्फ २८ गरी २ सय ९२, पञ्चदेवल बिनायक नगरपालिकामा संचालनका लागी अनुमती लिएका बाणिज्य तर्फ २ सय र उद्योग तर्फ ४२ गरी २ सय ४२, र बान्निगढी जयगढ गाँउपालिकामा संचालनको अनुमती लिएर बाँणिज्य तर्फ १ सय ७ र उद्योग तर्फ ५५ गरी जम्मा २ सय ४२ उद्योगहरु दर्ता भएका घरेलु तथा साना उद्योग बिकास समिति अछामले जनाएको छ ।

यसैगरी चौरपार्टि गाँउपालिकामा संचालनको अनुमती लिएका बाणिज्य तर्फ १ सय ७९ र उद्योग तर्फ ४३ गरी २ सय ३२, तुर्माखाँद गाँउपालिकामा संचालनको अनुमती लिएर बाणिज्य तर्फ १ सय ७२ र उद्योग तर्फ ४० गरी जम्मा २ सय १२, मेल्लेख गाँउपालिकामा बाणिज्य तर्फ १ सय ४५ र उद्योग तर्फ ४९ गरी १ सय ९४, रामारोसन गाँउपालिकामा संचालनको अनुमती लिएका बणिज्य तर्फ १ सय ३६ र उद्योग तर्फ २७ गरी १ सय ६३ र ढकारी गाँउपालिकामा संचालनको अनुमती लिएर बणिज्य तर्फ १ सय ३९ र उद्योग तर्फ ११ गरी जम्मा १ सय ५० उद्योगहरु दर्ता भएका जिल्ला घरेलु तथा साना उद्योगका सहलेखापाल बिबेक चौधरीले जानकारी दिनु भयो ।

घरेलु तथा साना उद्योग बिकास समितिले कोल्ड स्टोर, खुद्रा पसलहरु, जनरत स्टोर र एग्रोभेट जस्ता ब्यवशायलाई बाँणिज्य र कुटानीपिसानी मिल, फर्निचर, कन्ट्रक्सन, दालमोट उद्योग, सिस्नो पाउडर बनाउने, हाते कागज, चाउमिन उद्योग, नर्सरी फर्म, कुखुरा, बाख्रा फर्म र आरन व्यवशायलाई उद्योग गरी दुई भागमा बिभाजन गरेको बताईएको छ ।

यस्तै घरेलुले गत आर्थिक बर्षमा २७ लाख ७९ हजार ६ सय ६० रुपयाँ राजस्व संकलन गरेको छ । समितिले प्रशासनिक दस्तुर ९१ हजार २ सय र प्राईभेट फर्महरु दर्ता तथा नबिकरण बापत २६ लाख ८ हजार ४ सय ६० रुपयाँ राजस्व संकलन गरेको सहलेखापाल चौधरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com