रौतहट,३१ साउन । एक युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित आर्मी क्याम्प नजिक टेलर्स संचालन गरेर बसेका करिव ५० बर्षिय जयलाल चौधरीले आफ्नै टेलर्समा सिलाई गर्ने युवतीलाई जवरजस्ती गर्न खोजेका हुन् । बुधबार साँझ करिव साढे ७ बजेको समयमा टेलर्सबाट घर सम्म पु¥याइ दिन्छु भन्दै मोटर साईकलमा राखेर जंगल तिर लान लागेपछि युवती मोटर साईकलबाट हामफालेर भाग्न सफल भएकी थिइन् । मोटर साइकलबाट हामफाल्ने क्रममा युवतीको दुईवटा दाँत झरेको छ ,भने हात खुट्टामा चोट समेत लागेको छ ।
युवतीलाई जवरजस्ती करणी गर्ने नियतले जंगल तिर लाने टेलर्स संचालक चौधरीलाई रातीनै मदिरा लठ भएको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । घाईते युवतीको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अपराधिक नियत राख्ने चौधरी माथि कडा कार्वाही हुनुपर्ने महिला अधिकारकर्मी देवकी नेपालले बताएकी छिन् ।
आर्थिक रुपमा विपन्न रहेकी युवती केही समय देखी चौधरीले संचालन गरेको टेलर्समा काम गर्दै आएको र घर पु¥याइदिने बाहानामा उनले युवती माथि जबरजस्ती गर्ने मनसाय राखेको र मोटरसाईकलबाट हाम फालेर युवती बच्न सफल भएको महिला अधिकारर्मी देवकी नेपालले बताईन् ।
प्रतिक्रिया दिनुहोस्