ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोको डरले स्थायी प्रहरी चौकीनै विस्थापित


bhawani desk

डोल्पा,३० साउन । हिमाली जिल्ला डोल्पामा पहिरोको डरले एक स्थायी प्रहरी चौकीन विस्थापित भएको छ । ठुलीभेरी नगरपालिकामा ९ मा पर्ने स्थायी प्रहरी चौकी कालागौँडा पहिरोको डरले बिस्थापित भएको हो ।

पहिरोसँगै आएको ठुलो ढुङ्गाले चौकीको आगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरु समेत भाँचिएका छन् । बुधबार बिहान ३ बजे चौकी माथीबाट पहिरो खसेर चौकीमा क्षती पु¥याएकाले चौकी अर्को घरमा सारिएको प्रहरी निरीक्षक शसीराम ओलीले जानकारी दिनुभयो ।

चौकीलाई आशिंक रुपमा क्षती भएपनि निरन्तर पहिरो खसिरहेकाले बस्न नसकिने स्थिती भएपछि चौकी सरेको ओलीले जानकारी दिनुभयो । चौकीका सबै सामानहरु र प्रहरीहरु सरेपनि चौकीको बोर्ड त्यतै रहेको र आईपर्ने प्राकृतिक प्रकोप बिरुद्ध सचेत गराउन प्रहरीलेसुरक्षा दिईरहेको बताईएकोे छ ।

निरन्तरको पहिरोले कालागौँडा बस्तीका दश घर जोखिममा रहेको वडा नं ९ का अध्यक्ष बिरमल भण्डारीले जानकारी दिनुभयो ।

केही घरधनीहरु जोखिमयुक्त ठाँउ छोडेर सुरक्षित ठा“उतर्फ गईसकेको र बाँकी घरहरुलाई त्यता नबस्न सचेत समेत गराईएको उहाँले जानकारी दिनुभयो ।
निरन्तर खसिरहेको पहिरोले आन्तरिक रुपमा चलिरहेको जुफाल दुनै यातायात प्रभावित भएको छ,भने पैदलयात्रीलाई समेत जोखिम बढेको  छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

बजेटमा आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्त्व दिन्छाैँ – अर्थमन्त्री पौडेल

राष्ट्रिय सभामा बहसः मल व्यवस्थापनदेखि काठ आयात प्रतिस्थापनसम्म

हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए – प्रधानमन्त्री

बनेपामा बन्ने फिल्म स्टुडियो प्रधानमन्त्री ओलीले गरे बालुवाटरमा शुभारम्भ

सुशासन नसुधारी पानी जहाज र मोनोरेलको सपना बेचेर मात्र हुन्न – मनीष झा

स्वास्थ्य बिमा विस्तार गर्न नसके राज्यले उपचारको दायित्व वहन गर्न सक्दैन- मन्त्री पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com