ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साझाको एकैपटक सात आवको लेखापरीक्षण


bhawani desk

काठमाडौं ,३० साउन । साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ ।

प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८\०६९ देखि आव २०७४\०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो । अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबाट उक्त कार्य शुरु गरिएको हो । साझाले आव २०६३\०६४ देखि आव २०६७\०६८ सम्मको कार्यालयले गरेको लेखापरीक्षण पुनरवलोकन गर्ने भएको छ ।

“अगाडिका व्यवस्थापकका मान्छेले आफ्नो अनुकूल लेखापरीक्षक नियुक्ति गरेर सो कार्य गराउँदै आए, तर अब हामीले सरकारको लेखापरीक्षकबाट गराउँदैछौ,” उहाँले भन्नुभयो । यसअघि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गराउँदा कर्मचारीको अवरोधले हुन सकेको थिएन । आव २०६८\०६९, २०६९\७० र २०७०\७१ को लागि सुरज घिमिरे, आव २०७१\०७२, २०७२\७३ र २०७३\७४ को लागि नरेश ढुङ्गाना र आव २०७४\०७५ का लागि राजकुमार खड्कालाई लेखापरीक्षक नियुक्ति गरेको छ ।

साझाले आन्तरिकरुपमा आव २०७१\०७२ सम्मको लेखापरीक्षण सकेको छ । अध्यक्ष तथा महाप्रबन्धक शर्माले लेखापरीक्षणबाट संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा जानकारी हुने र संस्था सुधारका लागि आवश्यक थप रणनीति अपनाउन सजिलो हुने बताउनुभयो । सो कार्य तीन महिनामा सक्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com