ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना


bhawani desk
श्रावण ३०, २०७५ बुधबार  ११ : ३१ बजे

काठमाडौं ३० साउन । काठमाडौँ महानगरपालिकाले अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत सोमबार वडा नं ६ रामहिटीमा अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्रको शिलान्यास गर्नुभयो । इटलीको बोल्जानो वोल्जेन प्रदेशको रु पाँच करोड तथा महानगरको आन्तरिक स्रोतबाट गरी रु आठ करोड ६१ लाख १६ हजारको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।

तीन दशमलव पाँच रोपनीमा उक्त भवन निर्माण गरिनेछ । सो भवनमा एक लाख ५० हजार लिटर क्षमताको पानी ट्याङकी रहनेछ । भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, तीन दमकल राख्ने ठाउँ, तालिमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल तथा करीब एक सय जना प्रशिक्षार्थी अट्ने हलको व्यवस्था गरिने कामपाले जनाएको छ ।

कामपाले चालू आवको नीति तथा कार्यक्रमअन्तर्गत महानगरका पाँच क्षेत्रमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्था मिलाउने कुरा उल्लेख छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले समुदाय बलियो भए सेवा सञ्चालन गर्न सजिलो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com