ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विहानै देशभर बम आतंक , सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी


एबीसी न्यूज
श्रावण २९, २०७५ मंगलबार  ८ : ५४ बजे


काठमाडौं, २९ साउन । मंगलबार विहानै राजधानी उपत्यकाका सहित देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेका छन् । बम तथा शंकास्पद बस्तु फेला परेपछि अहिले राजधानीको लगाएत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न आठ स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको नेपाल प्रहरी जनाएको छ । भने चितवन, झापा, बझाङ, रोल्पा, मकवानपुर लगाएतका विभिन्न जिल्लाहरुमा प्रेसर कुकर बम , रिमोट बम र प्लाष्टिकमा पोको पारिएका शंकास्पद बस्तु नेपाल प्रहरी र नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको र केही स्थानमा नेपाली सेनाको बम डिस्पोज टोली पुग्दै गरेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका अनुसार राति ३ बजेदेखि नै प्रहरी परिचालित भएको र केही स्थानमा भेटिएका शंकास्पद बस्तु प्रहरी आफै र केही स्थानमा सेनाको सहयोगमा निष्क्रिय पारिको छ । विहानैदेखी राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठाउँठाउँमा चेकजाच पनि गरिएको छ ।

तर्साउने नियतले प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु मान्छेको आवतजावत हुने ठाउँमा राखिएको प्रहरीले जनाएको छ ।
भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा राखिएको प्रेसर कुकर बम बिहान ६ बजे निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
यस्तै ललितपुुरको ग्वार्कोमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ । थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको छ ।

यसैगरी नैकापमा बम फेला परेको छ । उक्त बम प्रेसर कुकर बम भएको आशंका गरिएको छ । नेपाली सेनाको टोली डिस्फोजका लागि घटनास्थलमा पुगि डिस्पोजको तयारी गरेको छ । अन्य जिल्लाहरुमा नेपाली सेनाको डिस्पोज टोली जाँदै गरेको र सेनाको उक्त टोली पुगेपछि शंकास्पद वस्तु डिस्पोज गर्ने प्रहरीले जानकारी दिएको छ ।
नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरेकाले उसकै कार्यकर्ताले बमसहितका शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान छ ।

यसैबीच नवलपुर जिल्लाको गैंडाकोट २ भृकुटीचोकमा आज बिहान २ बजेतिर ना २ ख २५४८ नम्बरको ट्रकमा आगजनी । प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएकाले ट्रकमा कुनै क्षती नभएको तर ट्रकमा भएको पराल भने नष्ट भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शपथअघि सांसदहरूको प्रतिबद्धता: “जिम्मेवारी बढेको महसुस”

प्रतिवेदनमाथि प्रदीप ज्ञवालीको प्रश्न: गोलीप्रहारमा विस्तृत, विध्वंसमा मौनता किन?

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com