ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवाको सुरक्षित भविष्यका लागि करियर टक


एबीसी न्यूज

काठमाडौं, २८ साउन । सुरक्षित भविष्यका लागि युवाले चाल्नुपर्ने कदमलाई मध्यनजर गर्दै शिक्षा प्रदायक संस्था प्लाटोनिक इजुकेशन सर्भिसले सोमवार राजधानीमा ‘करियर टक’ आयोजना गरेको छ ।

कार्यक्रम प्लस टु सकेका पिद्याथीलाई लक्षित गर्दै आयोजना गरिएको हो । करियरसँग सम्बन्धित रहेर बैंक तथा वित्तीय संस्था, पर्यटन, आइटीका साथै प्रेरणात्मक तथा आत्मविश्वास कसरी मझबुत बनाउदै अघि बढ्ने भन्ने बिषयमा कार्यक्रमका वक्ताहरुले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा मेघा बैंककी सीईओ अनुपमा खुन्जेलीले भविष्यलाई सुरक्षित पार्नको निम्ति अहिलेदेखि नै वचतको अवधारणालाई आत्मसाथ गदै अघि बढ्नुपर्ने बताउनुभयो । आफ्नो सफलताको उदाहरण दिँदै उहाँले सफलताका लागि अहिलेदेखि नै प्रशस्त तयारी हुनुपर्ने धारणा राख्नुभयो ।

यस्तै, नेपाल टुरिजम बोर्डका निर्देशक दिपक महतले टुरिजममा भविष्य खोज्न चाहने युथका लागि प्रसस्त अवसर रहेको बताउनुभयो । आम्दानीलाई बहिर्गमनबाट रोक्ने एकमात्र क्षेत्र पर्यटन भएकाले यो पुस्ताले यसलाई प्राथमिकतामा राखेर अघि बढे आफ्नोसँगै समग्र राष्ट्रको नै हित हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा सञ्चारकर्मी तथा हास्य कलाकार सन्दिप क्षेत्रीले आफ्नो जीवन भोगाई प्रस्तुत गर्दै जीवनमा कहिल्यै हरेस नखाइ अघि बढ्न सके एकदिन सफलता अवस्थ हात पार्ने विश्वास व्यक्त गर्नुभयो । राजधानीका विभिन्न कलेजका साथै संघसस्थाको सहभागीतामा आयोजित कार्यक्रममा प्लाटोनिक इजुकेशनका सीईओ अजय महतले असफलताबाट पाठ सिक्दै सफलताको मार्गलाई पछ्याएर अघि बढनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा प्लस टु सकेका झण्डै ३ सय बिद्यार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com