ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मितव्ययी बन्दै ओली सरकार : ‘आसचपु’ मा देउवाले २८ करोड बाँड्दा ओलीले २ करोड बाँडे


एबीसी न्यूज

काठमाडौँ, २८ साउन । वर्तमान सरकार आर्थिक रुपले अघिल्लो सरकार भन्दा मितव्ययी देखिएको छ । सरकारले सार्वजनिक गरेको पाँच महिने उपलब्धिमा पूर्ववर्ती सरकार भन्दा वर्तमान सरकार मितव्ययी भएको देखिएको हो ।

पूर्ववर्ती सरकार र वर्तमान सरकारले वितरण गरेको आर्थिक सहायता, चन्दा र पुरस्कार (आसचपु) मा निकै अन्तर छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनाको अवधिमा २८ करोड ९८ लाख २७ हजार ७० रुपैयाँ वितरण गरेको थियो भने नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गएको पाँच महिनाको अवधीमा २ करोड ४२ लाख मात्र वितरण गरेको छ ।

ओली गएको फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनी प्रधानमन्त्री भएको केही दिनमा ६ महिना पुग्दैछ । पाँच महिने उपलब्धि सार्वजनिक गर्ने क्रममा जारी गरिएको पुस्तिकामा गृह मन्त्रालयबाट आर्थिक सहायता, चन्दा, पुरस्कार अन्तर्गत २०७४ साउनदेखि पुससम्म २ हजार १ सय ८९ जनालाई २८ करोड ९८ लाख २७ हजार ७० रुपैयाँ वितरण गरिएको’ उल्लेख गरिएको छ ।

यो सरकार बनेपछि २०७४ माघदेखि ०७५ असारसम्म, आन्दोलनका क्रममा जीवन गुमाएका ११ जनाको जनही रु १० लाखका दरले वितरण गरिएको १ करोड १० लाख सहित जम्मा २ करोड ४२ लाख मात्र वितरण भएको उल्लेख गरिएको छ ।

पुस्तिकामा यो सरकार बनेपछि २०७४ माघदेखि २०७५ असारसम्म’ भन्ने उल्लेख भएपनि ओली सरकार २०७४ फागुनमा मात्र बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com