ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको नामाङ्कनमा फरक धारणा


bhawani desk

२८ साउन । तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।

अधिकांश साहित्यकारले सीताकालीन सभ्यता र संस्कृतिसँग जोडिएको इतिहास र भूगोललाई आधार मानी प्रदेश नं २ को राजधानीको नाम मिथिला, जनक, जानकी, विदेह राख्नुपर्ने तर्क अघि सारेका छन् भने केही साहित्यकारले भने यसको नाम मिथिला–भोजपुरा, मध्यमधेश राख्नुपर्नेमा जोड दिएका छन् ।

राज्य पुनः संरचना आयोगले प्रदेश सीमाङ्कनका लागि पहिचान र सामथ्र्यका गरी नौ वटा आधार तय गरेकाले सोही बमोजिम जिल्लाको पहिचान हुनेगरी यहाँको मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई आधार बनाइएको हो । महाभारत, रामायण, उपनिषद्जस्ता ग्रन्थमा मिथिला र जनकपुरधामको चर्चा गरेको पाइन्छ ।

राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका मैथिली बिभागका उपप्राध्यापक तथा साहित्यकार श्यामसुन्दर शशीले पूर्वीय छ दर्शन (षडदर्शन) मध्ये चार दर्शन मिथिला भूमि अर्थात् जनकपुरमै लेखिएको प्रमाणित भइसकेकाले पहिचानको हिसाबले जनकपुरधामलाई यो प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने र यसको नामाङ्कन मिथिला प्रदेश गरिनुपर्नेमा जोड दिनुभएको छ ।

सहमतिकै आधार र सबैको स्वामित्व हुने गरी यो प्रदेशको नाम तय गरिनुपर्ने तर्क गर्दै अर्का साहित्यकार चन्द्रकिशोर झा भन्नुहुन्छ, “त्योभन्दा पनि प्राथमिकताको विषय भनेको प्रदेशलाई अधिकार सम्पन्न बनाउने काम प्रमुख विषय भएकाले नामभन्दा पनि कामलाई प्राथमिकता दिनु जरुरी छ ।”

प्रदेशको स्थायी राजधानी, कामकाजी भाषा तथा नामाङ्कनका लागि प्रदेश संसद्मा दुई तिहाइको आवश्यकता पर्ने भएकाले हालसम्म प्रदेश सांसदहरुबीच सहमति भने हुन सकेको छैन । प्रदेश २ मा मैथिली भाषाभाषी ४५ प्रतिशत छन् भने भोजपुरीका १८.५ प्रतिशत छन् । यो प्रदेशको नामाङ्कनका विषयमा मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र बिमल पर्यटन व्यवसायलाई समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम मिथिला–भोजपुरा राख्नुपर्नेमा जोड दिनुहुन्छ । संस्कृति, साहित्य तथा भाषाको दृष्टिकोणले पनि भोजपुरा समृद्ध रहेकाले मिथिला–भोजपुरा नाम राखेमा विवाद नहुने उहाँ बताउनुहुन्छ ।

साहित्यकार अवधेश पोखरेल पनि पौराणिक आस्थाले भरिएको, ऐतिहासिक तथा प्राचीन नगरी जनकपुरलाई अझ समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम जनक, जानकी, मिथिला वा विदेह राख्न सुझाव दिनुहुन्छ भने भोजपुरी भाषाका साहित्यकार आनन्द गुप्ता भन्नुुहन्छ, “मधेश आन्दोलनको उपज नै सङ्घीयता भएकाले यसको नाम मध्य मधेश हुनुपर्दछ ।”

प्रदेश २ मा कूल १०७ प्रदेश सांसद छन् । आठ जिल्ला रहेको यस प्रदेशमा बोलिने मुख्य भाषा मैथिली, भोजपुरी र नेपाली हो । केही प्रतिशतले बञ्जिका भाषासमेत बोल्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com