ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रघुगंगा आयोजना बन्ने सुरसारमा


bhawani desk

 म्याग्दी, २८ साउन । एक दशकसम्म प्रक्रियामै अल्झिएर बसेको बहुप्रतिक्षीत रघुगंगा जलविद्युत् आयोजना अघि बढाउने सुरसार भएको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार निर्माण सकिएर विद्युत् उत्पादन शुरु गरिसक्नुपर्ने यो आयोजनाको निर्माण कार्य अघि बढाउन सिभिल ठेकेदार परिचालन भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको शत प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि २०७४ मंसिर ५ गते भारतीय निर्माण कम्पनी जेपी एशोसियट्ससँग छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

गत असारमा कार्यक्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले रघुगंगा गाउँपालिका–३ मौवाफाँटदेखि झिँ र दग्नामको सिमाना बुक्लसम्म पुग्ने सडक निर्माणसँगै व्यवस्थापन र उपकरण जुटाउन थालेको छ । मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत् गृहको काम एकैसाथ अघि बढाउने तयारी गरिएको कम्पनीका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो ।
“ठेकेदारलाई असार १० गते नोटिस टु प्रोग्रेस पत्र दिएका थियौं,” श्रेष्ठले भन्नुभयो – “डिजाइन र साढे सात किलोमिटर पहुँच मार्गको ट्र्याक खोल्ने काम सकिएको छ । बर्खा लगत्तै फुल फेजमा कामलाई तीव्रता दिने तयारीमा छौं ।” ठेक्का सम्झौता स्वीकृत गर्न मात्रै ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाएको थियो ।

सिभिल निर्माणको काम ३९ महिनाभित्र सम्पन्न गर्ने सम्झौता गरेको आयोजनाले दोस्रो चरणमा इलेक्ट्रो मेकानिक ठेक्का प्रक्रिया अघि बढाएको छ । भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको कम्पनीको अवधारणाअनुसार निर्माण हुन लागेको यो आयोजनामा सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउने प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो ।

इन्जिनीयरिङ प्रोक्योरमेन्ट एन्ड कन्ट्रयाक्ट ९इपिसी० प्रारुपमा निर्माण हुन लागेको यो आयोजनामा यसअघि छनौट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेड कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टिएपछि चार वर्षमा दश प्रतिशत पनि काम नगरी पन्छिएको थियो ।

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको यो आयोजनामा ‘विगत नदोहोरियोस्’ भन्ने सरोकारवालाको अपेक्षा छ । रघुगंगा गाउँपालिका–३ रानीपौवाका प्रेमबहादुर कार्कीले म्याग्दीको विकासका लागि महत्वपूर्ण अवसर मानिएको रघुगंगा जलविद्युत् आयोजनालाई सफल बनाउन समुदाय तयार रहेको बताउनुभयो ।

विभिन्न बहानामा अवरोध र बाधा सिर्जना गरेर आयोजनाको निर्माणमा ढिलासुस्ती गर्न नहुने कार्कीको भनाइ छ । म्याग्दीको जलविद्युत् विकासको मेरुदण्ड मानिएको रघुगंगालाई सहज रुपमा समयमै सम्पन्न गराउनुपर्ने प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो ।

“रघुगंगालाई सफल बनाउन सक्यौं भने निजी क्षेत्रका अन्य आयोजना भित्र्याउन सजिलो हुन्छ,” केसीले भन्नुभयो – “सामाजिक र स्थानीय स्तरमा सहज वातावरण बनाउन सुरक्षा निकाय, जनप्रतिनिधि, प्रशासन तयार छौं । आयोजना र ठकेदारले समयमै काम गर्नुप¥यो ।”

यसअघि ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० सालमा सकिनुपर्ने थियो । नदीको बहावमा आधारित रघुगंगा आयोजनाले पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

झिँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत् गृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । रघुगंगालगायतका निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न विद्युत् प्राधिकरणले खुर्कोट–दाना प्रशारण लाइनका साथै राहुघाट र दानामा सब स्टेशन निर्माण गरिरहेको छ ।

मुख्यमन्त्रीको निर्देशन
गत शुक्रबार आयोजनास्थलको अनुगमन गर्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समयमै आयोजना सम्पन्न गर्न कम्पनीका अधिकारी र ठेकेदारका प्रतिनिधिहरुलाई निर्देशन दिनुभएको थियो ।

सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेशसभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्र केसी, प्रजिअ लीलाधर अधिकारीलगायत सुरक्षा अधिकारीसहित आयोजनाको विद्युत् गृहका लागि प्रस्तावित तिल्केनीचौर पुग्नुभएका मुख्यमन्त्री गुरुङले कम्पनीका अधिकारी र ठेकेदारका प्रतिनिधिसँग अन्तरक्रिया गर्नुभएको थियो ।

सुरक्षा, सामाजिक र अन्य समस्या भएमा तत्कालै जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायलाई खबर गर्न आग्रह गर्दै मुख्यमन्त्री गुरुङले कुनै पनि बहानामा ढिलासुस्ती गरिए सह्य नहुने चेतावनी दिनुभयो ।

”विगतमा सरकार बलियो थिएन, राज्य संयन्त्र अस्थिर थियो, त्यसको असर विकास निर्माणमा प¥यो,” गुरुङले भन्नुभयो – “अहिले स्थानीय, प्रदेश र संघीय सरकार बलियो छ । अब काम गर्न डराउन पर्दैन । ढुक्कसँग काम गर्नुहोस् । समयमै गुणस्तरीय काम गर्नुहोस् ।”
११ आयोजना निर्माणको चरणमा
विद्युत् विकास विभागका अनुसार म्याग्दीमा ३०८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणको चरण छन् । अरु १४४।३ मेगावाट क्षमताका ७ आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका ४ आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् ।

विभागको वेबसाइटमा उल्लेख भएअनुसार ३५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रर्वद्धक कम्पनीलाई अनुमति दिइएको छ । यसैगरी, २४२ मेगावाट क्षमताको ८ वटा आयोजनाबाट सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ ।

घलेम्दी हाइड्रो लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा चार वर्षअघि निर्माण शुरु गरेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ९० प्रतिशत भन्दा बढी काम सकिएको छ ।

रोबस्ट इनर्जी प्रालिले ठेक्का पाएको नारच्याङकै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम ५० प्रतिशत सकिएको छ । अन्नपूर्ण गाउँपालिकाकै शिख घारमा म्याग्दी हाइड्रोपावरले १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु गरेको छ ।

धौलागिरि गाउँपालिकाको मुदीमा हाइड्रो इम्पाएर प्रालिले २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाका लागि पहुँच मार्गको निर्माण शुरु गरेको छ । धौलागिरि कालिका हाइड्रोले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला आयोजना भने स्थानीयवासी र प्रर्वद्धकबीचको लगानी विवादले अघि बढ्न सकेको छैन ।

लगानीमैत्री वातावरण, प्रशारण लाइन, सब स्टेशन र पहुँच मार्गलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएमा म्याग्दीको जलविद्युत् विकासले गति लिने गत हप्ता म्याग्दी आउनुभएका स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान०का पूर्व अध्यक्ष खड्गबहादुर बिष्टले बताउनुभयो ।

भौगोलिक रुपमा विकट र दुर्गम स्थानमा रहेका जलविद्युत् आयोजना स्थलसम्म पहुँच मार्गको अभाव र वनसम्बन्धी जटिल नीतिगत व्यवस्थाका कारण कतिपय आयोजनाहरु वर्षौंदेखि अघि बढाउन नसकिएको प्रर्वद्धकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com