ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपबाटै ६ महिनादेखि किशोरी बलात्कृत !


एबीसी न्यूज

धरान, २८ साउन  । धरान उपमहानगरपालिका-५ साउनेस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले हाडनाताकी एक किशोरीलाई जबर्जस्ती करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा १२ मा पढ्दै आएकी किशोरीलाई बस्नेतले ६ महिनादेखि जबर्जस्ती करणी गर्दै आएका हुन् ।

घटना सार्वजनिक भएपछि बस्नेत फरार छन् । आफूलाई कक्षा ११ मा पढ्दादेखि नै कसैलाई भने हत्या गर्ने धम्की दिएर बस्नेतले जबर्जस्ती गर्दै आएको किशोरीको भनाइ छ । बस्नेतले गएको फागुन २५ गते पहिलोपटक किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

त्यसपछि हल्ला गरे परिवारै सिध्याइदिने धम्की दिँदै उनले निरन्तर करणी गर्दै आएका पीडितको भनाइ छ । आफूमाथि बस्नेतले डरधम्की देखाउँदै निरन्तर करणी गर्न थालेपछि किशोरीले अभिभावकलाई आफ्नो पीडा सुनाएकी हुन् ।

पीडित परिवारले गएको असार १० गते इलाका प्रहरी कार्यालय धरानमा बस्नेतविरुद्ध उजुरी गरेका थिए । आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि बस्नेतले उजुरी फिर्ता लिएर घरमै मिलाउन दबाब दिए । प्रहरीले समेत बस्नेतलाई पक्राउ नगरेपछि पीडित परिवारले न्याय माग्दै महिला सञ्जाल धरानमा गएको असार १८ गते निवेदन दिएका छन् । सञ्जालकी अध्यक्ष सविता राईले बस्नेतमाथि कारबाहीका लागि पहल भइरहेको बताइन् ।

धरान उपमहानगरपालिकाको न्यायिक समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा आइतबार पीडित परिवारले दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com