ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

निस्किए जनप्रतिनिधिहरु सडक मर्मतमा


bhawani desk
श्रावण २७, २०७५ आईतबार  ५ : ०० बजे

बागलुङ, २७ साउन । झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक मर्मतमा निस्किए । जनप्रतिनिधिलाई कर्मचारी, शिक्षक, गाउँका अगुवा र सर्वसाधारणले साथ दिए ।

महिनामा एक दिन श्रमदान गर्नुपर्ने गाउँसभाको नीति कार्यान्वयन गर्न गाउँपालिका अध्यक्षदेखि स्थानीयवासी श्रममा खटिएका हुन् ।

गाउँपालिका केन्द्रदेखि वडा नंं दुईको कमेरे डाँडासम्मको करीब चार किमी सडक मर्मतसुधार गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । शहीद मार्गमा पर्ने उक्त सडकमा सम्याउने, नाली काट्ने, खाल्डाखुल्डी पुर्नेलगायका काम गरिएको छ ।

“दिनभर एक सय जनाभन्दा बढी श्रममा खटिनुभयो,’ अध्यक्ष घर्तीले भन्नुभयो, “विकास, निर्माणको काममा जनसहभागिता जुटाउन श्रमदानको नीति ल्याएका हौँ ।” सडक मर्मतमा मजुदुर र उपकरण प्रयोग गर्दा हुने खर्चसमेत जोगिएको उहाँको भनाइ छ ।

वर्षायाममा बिग्रेको सडक मर्मतपछि सवारीसाधन सञ्चालनमा आएका छन् । श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अगुवाइ गरेपछि सर्वसाधारण उत्साहित भएका छन् ।

विकासका काममा जनसहभागिता जुटाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले बताउनुभयो । “आवश्यकता किटान गरी योजनाबद्ध रुपमा श्रमदान जुटाउँछौं,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले चालू आव २०७५\७६ को नीति तथा कार्यक्रममा महिनामा एक दिन विकास कार्यमा जनप्रतिनिधि र कर्मचारीको अगुवाइमा जनसहभागिता जुटाइने उल्लेख छ ।

अबदेखि वडागत रुपमा श्रमदान जुटाइने भएको छ । विकास निर्माणका काममा गाउँले खटिने गरेका छन् । दिगो विकासमा जनसहभागिता महत्वपूर्ण हुने हुँदा नीतिगत रुपमै श्रमदान गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष घर्ती बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मतगणना जारी रहँदा रास्वपाको प्रारम्भिक अग्रता ३५, कांग्रेस: ४, एमाले: ३ नेकपा: १ स्थानमा

प्रारम्भिक मत गणनामा रास्वपाको मजबुत अग्रता – काठमाडौंका अधिकांश क्षेत्रमा नेतृत्व

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com