ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निस्किए जनप्रतिनिधिहरु सडक मर्मतमा


bhawani desk

बागलुङ, २७ साउन । झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक मर्मतमा निस्किए । जनप्रतिनिधिलाई कर्मचारी, शिक्षक, गाउँका अगुवा र सर्वसाधारणले साथ दिए ।

महिनामा एक दिन श्रमदान गर्नुपर्ने गाउँसभाको नीति कार्यान्वयन गर्न गाउँपालिका अध्यक्षदेखि स्थानीयवासी श्रममा खटिएका हुन् ।

गाउँपालिका केन्द्रदेखि वडा नंं दुईको कमेरे डाँडासम्मको करीब चार किमी सडक मर्मतसुधार गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । शहीद मार्गमा पर्ने उक्त सडकमा सम्याउने, नाली काट्ने, खाल्डाखुल्डी पुर्नेलगायका काम गरिएको छ ।

“दिनभर एक सय जनाभन्दा बढी श्रममा खटिनुभयो,’ अध्यक्ष घर्तीले भन्नुभयो, “विकास, निर्माणको काममा जनसहभागिता जुटाउन श्रमदानको नीति ल्याएका हौँ ।” सडक मर्मतमा मजुदुर र उपकरण प्रयोग गर्दा हुने खर्चसमेत जोगिएको उहाँको भनाइ छ ।

वर्षायाममा बिग्रेको सडक मर्मतपछि सवारीसाधन सञ्चालनमा आएका छन् । श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अगुवाइ गरेपछि सर्वसाधारण उत्साहित भएका छन् ।

विकासका काममा जनसहभागिता जुटाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले बताउनुभयो । “आवश्यकता किटान गरी योजनाबद्ध रुपमा श्रमदान जुटाउँछौं,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले चालू आव २०७५\७६ को नीति तथा कार्यक्रममा महिनामा एक दिन विकास कार्यमा जनप्रतिनिधि र कर्मचारीको अगुवाइमा जनसहभागिता जुटाइने उल्लेख छ ।

अबदेखि वडागत रुपमा श्रमदान जुटाइने भएको छ । विकास निर्माणका काममा गाउँले खटिने गरेका छन् । दिगो विकासमा जनसहभागिता महत्वपूर्ण हुने हुँदा नीतिगत रुपमै श्रमदान गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष घर्ती बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com