ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरमा अपराधका घटना वृद्धि


bhawani desk
श्रावण २७, २०७५ आईतबार  ४ : ०५ बजे

ललितपुर, २७ साउन । ललितपुरमा यो वर्ष अपराधलगायतका घटना केही बढेको पाइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा गत वर्षभर दर्ता भएका मुद्दाका आधारमा यस वर्ष केही बढेको देखिएको हो ।

दुई वर्ष पहिले भन्दा गत वर्ष ८७ मुद्दा बढी दर्ता भएको परिसरले जनाएको छ । आव २०७३\७४ मा ८५८ मुद्धा दर्ता भएकोमा ०७४\७५ मा बढेर ९४५ पुग्यो । ठूलो मात्रामा नबढे पनि गत वर्षको मुद्दा सङ्ख्या अघिल्लो वर्षको भन्दा केही मात्रामा बढी रहेको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा गत वर्ष नै सबैभन्दा बढी घटना भएको देखिन्छ ।”

परिसरमा दर्ता भएका ९४५ घटनामा आरोपित प्रतिवादीहरु एक हजार १६५ पक्राउ परे । तीमध्ये पुरुष एक हजार १२२ र महिलाको सङ्ख्या ४३ छ । दर्ता मुद्दा र पक्राउ भएका प्रतिवादीमा सबैभन्दा बढी केही सार्वजनिक अपराध शीर्षकमा छन् । यो शीर्षकमा ४४६ मुद्दामा ६८२ जना पक्राउ परेका थिए ।

जिल्लाभरमा ९३ आत्महत्याका घटना भए । प्रवक्ता चन्दले भन्नुभयो, “आत्महत्याका घटना अघिल्ला वर्षहरुमा भन्दा बढी भएको पाइन्छ ।” प्रहरीले वर्षभरमा बन्दुक दुई, पेस्तोल छ थान र ७१ गोली बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

सम्बन्धित

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com