ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा


bhawani desk
श्रावण २७, २०७५ आईतबार  ३ : ५७ बजे

ललितपुर, २७ साउन । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको छ । उहाँ भन्नुहुन्छ, “तोकिएकै समय अर्थात् आगामी डिसेम्बरमा काम सक्ने गरेर चिनिँया कम्पनी लागिरहेको छ ।”

निर्माणाधीन यो सडकमा आठ लेनसँगै ‘अण्डर पास’ (भूमिगत सडक) समेत बन्दैछ जुन नेपालको पहिलो हो । कलङ्कीदेखि कोटेश्वर सम्मको सडकमा आंशिकबाहेक अधिकांश काम सकिएको छ । इञ्जिनीयर अर्याल भन्नुहुन्छ, “मुख्यतः अहिले अन्तिम चरणको काम भइरहेको छ र थोरै निर्माणको काम पनि बाँकी छ ।” काम सकिएपछि चिनियाँ कम्पनीले सरकारलाई सडक हस्तान्तरण गर्नेछ ।

बल्खुमा १ दशमलव ४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको इञ्जिनियर अर्यालले बताउनुभयो । कोटेश्वरदेखि बल्खुसम्म नै एक तह कालोपत्र गर्न बाँकी छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केतहरु र पेन्टिङको काम बाँकी छ । निर्माण कम्पनीले यो सडकले वर्षात सहन सक्छ या सक्दैन भन्ने समेत नियाँलिरहेको छ ।

कलङ्कीको सवारी चाप हटाउने उपायका रुपमा लिइएको ‘अण्डर पास’को काम सकिएको छ । कलङ्कीदेखि खसीबजार सम्मको ८०० मिटरमा अण्डर पास निर्माण भएको हो । आठ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अण्डर पास छ । अण्डर पास सञ्चालनको तयारी गरिएको छ । उहाँले भन्नुभयो, “दुई÷चार दिनमा नै अण्डर पास सञ्चालनमा आउनेछ ।”

चार वर्षपहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइले एक वर्ष अवधि थप भयो । गत जुलाईसम्म काम सक्ने योजना गु्रपले गरेको थियो तर सो अवधिमा काम सम्पन्न भएन र सरकारले आगामी डिसेम्बर सम्मको अवधि थप ग¥यो । उहाँले भन्नुभयो, “अब भने डिसेम्बर सम्ममा पूरा हुनेछ ।”

निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै छन् । झण्डै ६० नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् । पाइप लाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइपहरु समय–समयमा फुट्दा ढिलाइ भइरहको थियो । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । इञ्जिनीयर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भने पनि स्थानीयले घर भत्काउन अटेर गरिरहेका छन् ।”

मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका सडक छन् । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक छ जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सर्भिस ट्र्याक निर्माण नेपाल सरकारले थालेको हो । सडकमा चिनियाँ सरकारले तीन वटा आकाशे पुल बनाइसकेको छ । नेपाल सरकारले सात ठाउँमा आकाशे पुल बनाउन थालेको छ । उहाँले भन्नुभयो, “कुनै ठाउँमा जगको काम सकियो भने कतिमा शुरु हुन सकिरहेको छैन ।” सडकको लागत रु एक अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com