
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मिडिया सोसाइटीका नवनिर्वाचित अध्यक्ष शुभशंकर कंडेल सहित कार्यसमितिलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल मिडिया सोसाईटीका पदाधिकारीलाई आमन्त्रण गरेर ओढाएर स्वागत गर्दै बधाई दिनुभएको हो ।
सोसाइटीको पदाधिकारीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजान मिडिया क्षेत्रले रचनात्मक सहयोग गर्नु पर्ने बताउनु भयो । नागरिक स्वतन्त्रताका आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको प्रधानमन्त्रीले कुनै पनि प्रकारका नागरिक अधिकारलाई अरु बढी व्यवहारिक रुपमा प्रत्याभुति गर्ने प्रतिवद्धता उहांले व्यक्ति गर्नुभयो ।
प्रधानमन्त्री तथा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गर्दै सोसाइटीको अध्यक्ष शुभशंकर कंडेलले मिडियालाई विशेष उद्योगको दर्जा दलाएर मिडिया क्षेत्रको सम्मान गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको देश विकासको नियतमा कुनै पनि समस्या नभएपनि सरकारले त्यस दिशामा प्रदर्शन गर्न नसकेकोमा अध्यक्ष कंडेलले स्मरण गराउनु भयो ।
सोसाइटीको पूर्व अध्यक्ष कैलाश सिरोहियाले सरकारको मिडिया मैत्री सम्वन्धी कुरा बेलीमा मात्र नभएर व्यवहारमा उतार्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।
बधाई कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल र प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालय सहितका अधिकारीहरुको उपस्थिति रहेको थियो । हाल नेपाल मिडिया सोसाइटीमा मूलधारका १७ वटा प्रकाशन तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरु सदस्य रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्