ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लवप्रति सरकार आक्रामक भएको छैनः अध्यक्ष प्रचण्ड


एबीसी न्यूज


चितवन, २६ साउन । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेकपाले राजनीतिकभन्दा पनि आतंक मच्चाउने हिसाबले गतिविधि गरेको बताए ।
‘सरकार वार्ताका लागि तयार भएको हुदाँ विप्लव नेतृत्वको पार्टीप्रति सरकार आक्रामक भएको आरोप निराधार भएको अध्यक्ष प्रचण्डले बताए ।

वामपन्थीहरुकै सरकार भएकाले विप्लव समूहसँग सम्वाद, सहमति र एकता साथ जान सकिने बताउँदै उनले भने, ‘तर वितण्डातिर लाग्नु भएन, वितण्डा मच्चाएर केही हुन्छ कि भनेर सोच्नु अज्ञानता हो ।’

गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै केही कमि कम्जोरी भए पार्टी र सरकार त्यसको समीक्षा गर्न तयार रहेको बताए ।

‘पछिल्लो समयमा भएका कतिपय घटनाक्रममा सरकार मुकदर्शक बन्यो वा चुप लागेर बस्यो भन्ने कुरा साँचो होइन,’ प्रचण्डले भने, ‘यी सबै घटनाक्रमहरु नियन्त्रणमा छन् । सरकार दृढताका साथ अघि बढेको छ ।

विकास र समृद्धिको एजेण्डा र सुशासनका निम्ति प्रयास भइरहेको छ ।’ यसैबीच अध्यक्ष प्रचण्डले अर्थमन्त्री परिवर्तन गर्ने विषयमा चलेको चर्चामा सत्यता नभएको प्रष्ट पारे । करका कारण जनताको छाएको चिन्तामा सरकार गम्भीर रहेको भन्दै उनले त्यसमा समीक्षा हुने  बताए ।
करका कारणले संघीयता धरापमा पर्यो भनेर प्रचण्डले बोल्यो भनी गरिएको प्रचारमा सत्यता नभएको पनि उनले प्रष्ट पारे । कतिपय ऐन कानुन नबन्दा प्रदेश सरकारले राम्रोसँग काम गर्न नसकेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com