ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको आर्थिक अवस्थामा छिट्टै सुधार : प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौँ, २६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार प्रदेश नं ५ का सांसदसँगको छलफलमा उहाँले भन्नुभयो, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।”

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरु देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी सांसद नन्दलाल रोकाया क्षेत्रीले प्रदेश नं ५ को विकास निर्माण, पछाडि परेका समुदायको उत्थान लगायत क्षेत्रमा सरकारको ध्यान जानुपर्ने आग्रह गर्नुभयो ।

मन्त्रीको काम कारवाहीलाई प्रभावकारी बनाई सबै स्थानमा समान ढङ्गको विकास निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिएको पनि उहाँले बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले विकास निर्माणको सही मार्गमा मुलुक अघि बढेकाले केही समय लागे पनि देशको आर्थिक समृद्धिको मुहार फेरिने बताउनुभएको सांसद रोकायाले जानकारी दिनुभयो ।

छलफलमा सांसद खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, नन्दलाल रोकाया, पूर्णकुमारी सुवेदी, हिराचन्द्र केसी, तुलसा थापालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com