ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर


bhawani desk
श्रावण २४, २०७५ बिहीबार  ६ : ०५ बजे

काठमाडौं ,२४ साउन । कीर्तिपुर नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्युतीय पुस्तकालयको विकास गर्ने भएको छ ।

नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिअनुसार उक्त पुस्तकालय स्थापना हुन लागेको छ । विद्युतीय माध्यमबाट पुस्तकलाई पढ्न सकिने व्यवस्था नै विद्युतीय पुस्तकालय हो ।

सूचना र प्रविधिको विकाससँगै आधुनिक समाजमा पुस्तकालय अध्ययन, अनुसन्धान तथा ज्ञानको खोजले मानिसको चेतना वृद्धिसहित सफल बनाउँछ भन्ने अवधारणाबाट उक्त पुस्तकालय स्थापना खोल्न लागिएको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले बताउनुभयो ।

बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएपछि परम्परागत रुपमा सञ्चालन हुँदै आएका पुस्तकालयको विकल्पका रुपमा विद्युतीय पुस्तकालयको महत्व बढ्दै गएको छ ।

सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेपछि त्यहाँ भएका पुस्तकलाई विद्युतीय पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ ।

यस्ता पुस्तकालयमा पढ्नका लागि सूचना प्रविधिको ज्ञानको समेत खाँचो गर्दछ । विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप र मोबाइल) को प्रयोगसम्बन्धी ज्ञान नभएका सर्वसाधारणले विद्युतीय पुस्तकालयबाट ज्ञान हासिल कठिन हुन्छ ।

पाठकले इच्छाएको कृति, पुस्तक तथा किताबको नाम टाइप गरेपछि सम्बन्धित पुस्तक पढ्न सकिन्छ । हालै सम्पन्न नगरसभाले स्वयंसेवी शिक्षकको व्यवस्थासहित पुस्तकालय सञ्चालन गर्ने तथा शैक्षिक केन्द्रका रुपमा कीर्तिपुरलाई परिचित गराउनेलगायत विषयलाई अनुमोदन गरेको छ ।

चालु आवको प्रथम चौमासिकभित्र सो पुस्तकालय सञ्चालन गर्ने नगरपालिकाले आठोट लिएको छ । पुस्तकालय विकास गरी समुदायलाई सचेत बनाउने उद्देश्यसहित १०औँ राष्ट्रिय पुस्तकालय दिवसको मूल नारा ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने थियो ।

एउटा किताबलाई धेरै जनाले पढ्नसक्ने भएकाले पनि यसको प्रयोग बढ्दै गएको हो । समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झञ्झट नहुने र चौबिसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले यसको प्रयोग बढेको छ ।

विद्युतीय पुस्तकालयमा शिक्षक नभए पनि विद्यार्थीले आफूलाई चाहिएको विषयका पुस्तक सजिलै खोजी अध्ययन गर्न सक्छन् । शिक्षा मन्त्रालयको पुस्तकालय शाखाले अहिले देशका अन्य सामुदायिक विद्यालयमा पनि विद्युतीय पुस्तकालयको स्थापना गर्न प्रेरित गरिरहेको छ ।

विद्युतीय पुस्तकालयमा पुस्तक हराउने, चोरिने र नष्ट हुने डर नहुने हुँदा यसको प्रयोग बढाउन स्थानीय विद्यालयलाई मन्त्रालयले प्रोत्साहन गरिरहेको छ । शिक्षा विभागले यस्तो पुस्तकालयको सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ ।

विसं २०६६ बाट विद्युतीय पुस्तकालयको शुरुवात गरेपछि साझा शिक्षा ‘ई’ पार्टीले अहिलेसम्म करिब २० हजार पुस्तक तथा चार हजार स्वास्थ्य शिक्षासम्बन्धी पुस्तकलाई भिडियो बनाएर विद्युतीय पुस्तकालयमा समावेश गरेको ई पार्टीका प्रशासक टीकाराज कार्कीले जानकारी दिनुभयो ।

कीर्तिपुर नगरपालिका–२ का वडाध्यक्ष रमेशमान डंगोलले दुर्लभ पुस्तक तथा सर्वसाधरणको पहुँचमा नरहेका पुस्तकलाई डिजिटलाइज गरेर विद्युतीय पुस्तकालयमा राख्नुपर्ने सुझाव दिनुहुन्छ ।

राष्ट्रिय संस्कृति निर्माणमा कीर्तिपुरको सभ्यता र संस्कृतिको विशेष महत्व रहेको बताउँदै उहाँले स्थानीय भाषालाई समेत प्राथमिकता दिई उक्त पुस्तकालयमा समावेश गरिने जानकारी दिनुभयो । एकै पटकमा धेरै जनाले एउटै विषयवस्तुलाई अध्ययन गर्न सक्ने र पाठ्य सामग्रीको अभाव नहुने भएकाले ग्रामीण क्षेत्रमा विद्युतीय पुस्तकालयको प्रभाव बढिरहेको पाइन्छ ।

मुलुकको पहिलो विश्वविद्यालय रहेको उक्त नगरपालिकामा विभिन्न स्थानबाट आउने विद्यार्थीले उच्च शिक्षा हासिल गरेको भए पनि स्थानीयवासीले त्यहाँबाट अपेक्षाकृत लाभ लिन सकेका छैनन् । उच्च शिक्षा अध्ययनका लागि अति विपन्न वर्ग र समुदायका जेहेन्दार विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउने नीतिसमेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com