ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर


bhawani desk

काठमाडौं ,२४ साउन । कीर्तिपुर नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्युतीय पुस्तकालयको विकास गर्ने भएको छ ।

नगरपालिकाले स्थानीयवासी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिअनुसार उक्त पुस्तकालय स्थापना हुन लागेको छ । विद्युतीय माध्यमबाट पुस्तकलाई पढ्न सकिने व्यवस्था नै विद्युतीय पुस्तकालय हो ।

सूचना र प्रविधिको विकाससँगै आधुनिक समाजमा पुस्तकालय अध्ययन, अनुसन्धान तथा ज्ञानको खोजले मानिसको चेतना वृद्धिसहित सफल बनाउँछ भन्ने अवधारणाबाट उक्त पुस्तकालय स्थापना खोल्न लागिएको नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले बताउनुभयो ।

बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएपछि परम्परागत रुपमा सञ्चालन हुँदै आएका पुस्तकालयको विकल्पका रुपमा विद्युतीय पुस्तकालयको महत्व बढ्दै गएको छ ।

सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेपछि त्यहाँ भएका पुस्तकलाई विद्युतीय पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ ।

यस्ता पुस्तकालयमा पढ्नका लागि सूचना प्रविधिको ज्ञानको समेत खाँचो गर्दछ । विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप र मोबाइल) को प्रयोगसम्बन्धी ज्ञान नभएका सर्वसाधारणले विद्युतीय पुस्तकालयबाट ज्ञान हासिल कठिन हुन्छ ।

पाठकले इच्छाएको कृति, पुस्तक तथा किताबको नाम टाइप गरेपछि सम्बन्धित पुस्तक पढ्न सकिन्छ । हालै सम्पन्न नगरसभाले स्वयंसेवी शिक्षकको व्यवस्थासहित पुस्तकालय सञ्चालन गर्ने तथा शैक्षिक केन्द्रका रुपमा कीर्तिपुरलाई परिचित गराउनेलगायत विषयलाई अनुमोदन गरेको छ ।

चालु आवको प्रथम चौमासिकभित्र सो पुस्तकालय सञ्चालन गर्ने नगरपालिकाले आठोट लिएको छ । पुस्तकालय विकास गरी समुदायलाई सचेत बनाउने उद्देश्यसहित १०औँ राष्ट्रिय पुस्तकालय दिवसको मूल नारा ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने थियो ।

एउटा किताबलाई धेरै जनाले पढ्नसक्ने भएकाले पनि यसको प्रयोग बढ्दै गएको हो । समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झञ्झट नहुने र चौबिसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले यसको प्रयोग बढेको छ ।

विद्युतीय पुस्तकालयमा शिक्षक नभए पनि विद्यार्थीले आफूलाई चाहिएको विषयका पुस्तक सजिलै खोजी अध्ययन गर्न सक्छन् । शिक्षा मन्त्रालयको पुस्तकालय शाखाले अहिले देशका अन्य सामुदायिक विद्यालयमा पनि विद्युतीय पुस्तकालयको स्थापना गर्न प्रेरित गरिरहेको छ ।

विद्युतीय पुस्तकालयमा पुस्तक हराउने, चोरिने र नष्ट हुने डर नहुने हुँदा यसको प्रयोग बढाउन स्थानीय विद्यालयलाई मन्त्रालयले प्रोत्साहन गरिरहेको छ । शिक्षा विभागले यस्तो पुस्तकालयको सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ ।

विसं २०६६ बाट विद्युतीय पुस्तकालयको शुरुवात गरेपछि साझा शिक्षा ‘ई’ पार्टीले अहिलेसम्म करिब २० हजार पुस्तक तथा चार हजार स्वास्थ्य शिक्षासम्बन्धी पुस्तकलाई भिडियो बनाएर विद्युतीय पुस्तकालयमा समावेश गरेको ई पार्टीका प्रशासक टीकाराज कार्कीले जानकारी दिनुभयो ।

कीर्तिपुर नगरपालिका–२ का वडाध्यक्ष रमेशमान डंगोलले दुर्लभ पुस्तक तथा सर्वसाधरणको पहुँचमा नरहेका पुस्तकलाई डिजिटलाइज गरेर विद्युतीय पुस्तकालयमा राख्नुपर्ने सुझाव दिनुहुन्छ ।

राष्ट्रिय संस्कृति निर्माणमा कीर्तिपुरको सभ्यता र संस्कृतिको विशेष महत्व रहेको बताउँदै उहाँले स्थानीय भाषालाई समेत प्राथमिकता दिई उक्त पुस्तकालयमा समावेश गरिने जानकारी दिनुभयो । एकै पटकमा धेरै जनाले एउटै विषयवस्तुलाई अध्ययन गर्न सक्ने र पाठ्य सामग्रीको अभाव नहुने भएकाले ग्रामीण क्षेत्रमा विद्युतीय पुस्तकालयको प्रभाव बढिरहेको पाइन्छ ।

मुलुकको पहिलो विश्वविद्यालय रहेको उक्त नगरपालिकामा विभिन्न स्थानबाट आउने विद्यार्थीले उच्च शिक्षा हासिल गरेको भए पनि स्थानीयवासीले त्यहाँबाट अपेक्षाकृत लाभ लिन सकेका छैनन् । उच्च शिक्षा अध्ययनका लागि अति विपन्न वर्ग र समुदायका जेहेन्दार विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउने नीतिसमेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com