ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् : गर्भनर नेपाल


bhawani desk

काठमाडौं,२४ साउन । नेपाल राष्ट्रबैकका गर्भनर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैकर्सलाई चेतावनी दिनुभएको छ ।

बैकर्स एशोसियसन र सेजनले विहिबार राजधानीमा गरेको अन्र्तगतरक्रियामा गर्भनर नेपालले समयअनुकुलको फाईदा हेरेर व्यवसायी र बैकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको हो ।

पैसा धेरै भयो राष्ट्रबैकले लिईदिनुपर्यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैकर्स र तरलताको समयमा ऋण नलिएर समयअनुकल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै उहाँले दोहोरो भुमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराउनुभयो । साढे २ बर्ष अघि मात्रै आफुले व्यवसायीलाई बैकसंग पैसा लिएर काम गर्नु भन्दा नमानेको स्मरण गर्दे उहाँले भन्नुभयो “दोहोरो बोल्ने काम नहोस् ।”

गर्भनर नेपालले वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भएपनि व्यवसायीक ओभर ड्राफ्टमा भने कमि नआएको स्पष्ट पार्नुभयो ।

व्यवसायीक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन कुन र के कस्तामा कति दिने भन्ने बारे अध्ययन भईरहेको बताउनुभयो । उहाँले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिनुभयो ।
उहाँले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्रबैकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तिय क्षेत्रको ध्यानाकर्षण गराउनुभयो । निर्देशन अनुसार आफुहरुलाई अघि बढाउन सचेत गराउदै उहाँले भन्नुभयो “राष्ट्रबैक कठोर रुपमा आउनु नपरोस् ।

अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिस जस्तो गर्नुपर्यो भने के हुन्छ ?”उहाँले आफ्नो दक्षता र क्षमता अनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तिय क्षेत्रलाई सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com