ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर इन्काउन्टर : मृतकका परिवार पुगे मानव अधिकार आयोग


एबीसी न्यूज
श्रावण २३, २०७५ बुधबार  १ : ३४ बजे

काठमाडौं, २३ साउन । भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् ।
पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अजित तामाङ र गोपाल तामाङको परिवारले आयोगमा उजुरी दिएका छन् । उनीहरुले घटनाको सत्य तथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।

प्रहरीले गोपाल तामाङ र अजय तामाङको ‘इन्काउन्टर’ गरेकाे जनाएकाे थियाे।

तर साेमबार बिहानै उनीहरू बस्ने काेठाबाट प्रहरीले तामाङ द्वयलार्इ पक्राउ गरी लगेकाे प्रत्यक्षदर्शीले बयान दिएका थिए। प्रहरीले अपहरित बालक बचाउन नसकेपछि अपहरणमा संलग्न भनिएका तामाङद्वयलार्इ मारेकाे देखिएकाे थियाे। प्रहरीले अात्मरक्षाका लागि गाेली चलाएकाे जनाए पनि त्यसकाे भरपर्दाे अाधार पेश गर्न नसकिरहेकाे अवस्थामा परिवार सदस्यले घटनाको निष्पक्ष छानवीन गर्न माग गर्दै मानव अधिकार अायाेगमा निवेदन दर्ता गराएका हुन्।

पक्राउ गरिसकेपछि अभियुक्तकाे जीवन रक्षा प्रहरीकाे जिम्मेवारी हो। प्रहरीले अपहरणकारी बस्ने घरधनीसँग समेत कुराकानी गरिसकेको, नियन्त्रण लिएर प्रारम्भिक बयान समेत लिइसकेपछि ‘इन्काउन्टर’ भएकाे देखिएकाे छ। बालक उद्धारमा खटिएकाे काठमाडाैं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाका दुर्इ छुट्टा छुट्टै टाेलीबीच समन्वय समेत नभएकाे घटनाका तथ्यहरूहरूले देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com