
चितवन, २३ साउन । चितवनमा बस र ट्रक ठोक्किँदा ४ जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।
मंगलबार राति काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र हेटौंडाबाट नारायणगढको लागि छुटेको ना ५ ख ५९ ४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका १० टाँडीमा ठोक्किँदा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३४ वर्षका मोहन घिसिङ र सहचालक ३० वर्षका बुद्धिमान लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
२ जनाको पहिचान हुन बाकी रहेको प्रहरीले जनाएको छ । घाइतेको चितवनमा रहेको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्