
काठमाडौँ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धि र देश विकासका लागि उद्योगी व्यवसायी प्रति राज्यको दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको छ ।
वीरगञ्जमा आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नीजि क्षेत्रले नाफा कमाउने, उत्पादन वृद्धि गर्ने र रोजगारी सृजना गर्ने बिषयमा राज्यले सकारात्मक सोच नबनाएसम्म देश विकास नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नाफा कमाउने उद्योगी व्यवसायीलाई सक्दो निचोर्ने प्रवृत्ति हटाउन आवश्यक छ, कमी कमजोरीको समिक्षा गर्दै समाधानतर्फ बढ्नुपर्छ ।’ बढ्दो आयातलाई प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धनका लागि वैदेशिक लगानी अपरिहार्य बनेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि मुलुकभित्रका पूँजीको सुरक्षा गरी ऐन कानुनको झन्झट हटाउदै वैदेशिक लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उद्योगी व्यवसायीलाई उत्साहका साथ नयाँ लगानी गर्न समेत उहाँले आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘स्थानीय र प्रादेशिक सरकारले लगाएको विभिन्न करले उद्योगी, व्यवसायी मारमा परेका छन्, ‘संघीयता ल्याएको सुविधाका लागि हो, तर, झन जनता नै मारमा परेका छन्







प्रतिक्रिया दिनुहोस्