ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वका ९ जिल्लामा आमहड्ताल, बन्दले जनजीवन प्रभावित


एबीसी न्यूज

काठमाडौं, २२ साउन ।  राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आमहड्तालका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण मेची राजमार्गमा बिहानैदेखि लामो दूरीमा चल्ने सवारी साधन निकै पातलो गरी मात्रै चलेका छन् भने छोटो दूरीका सवारी पनि थोरै मात्र सञ्चालनमा छन्।

आमहड्तालका कारण इलाम, पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाको जनजीवन प्रभावित बनेको हो।

बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा बढी मात्रामा परेको छ । सुनसरी, मोरङ, झापा, इलाम, भोजपुर, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगामा कम मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

बन्दका कारण धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन ्। अन्य जिल्लामा लामो दूरीका सवारी साधन चले पनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा आएको डिएसपी प्रसाईले जानकारी दिनुभयो । आफूलाई पहिचानवादी राजनीतिक दलका रुपमा चिनाउने राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्वुवान पार्टी, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले बन्द आयोजना गरेका हुन् ।

वि.सं. १८३१ साउन २२ गते पुथ्वी नारायण शाहा र लिम्बुवान सरकारबीच भएको सन्धिलाई कालो दिनको रुपमा स्मरण गर्दै २०६६ देखि हरेक वर्ष साउन २२ गतेलाई कालो दिनकोरुपमा मादै बन्द गर्दै आएको छ । बन्दमा लिम्बुवान जनता पार्टी, खम्बुवान राष्ट्रिय मञ्च, लिम्वुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्वुवान लोकतान्त्रिक पार्टी, लिम्वबूवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्बुवान प्रान्तीय राष्ट्रिय मञ्चले ऐक्यवद्धता जनाएका छन । बन्दमा एम्बुलेन्स, विवाह, मलामी, कुटनीतिक नियोग र प्रेसको सवारीसाधनलाई अवरोध नगर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com