ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र प्रदान


एबीसी न्यूज

काठमाडौँ, २२ साउन । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ ।

विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आव २०७४/७५ मा ५६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन्का लागि अनुमति र नवीकरण गरेको हो ।

विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र नवीकरण प्रदान गरेको छ । विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खानिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आएको छ ।

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन, फलामखानी मकवानपुरको अन्वेषण कार्य, धादिङमा चुनढुंगा ड्रिलङ कार्य, ५० वटा सञ्चालित खानीको अनुगमन र खनिजमा आधारित १५ उद्योगको प्रवद्र्धन कार्य सम्पन्न भइसकेको प्रवक्ता झाले बताउनुभयो । प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलामखानीको मापन सम्पन्न तथा महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com