ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो


एबीसी न्यूज
श्रावण २२, २०७५ मंगलबार  ९ : ५५ बजे

काठमाडौं, २२ साउन ।

१. प्रायोजित इन्काउन्टर जसले अपराधको उद्देश्य छोपियो

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए ।

ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् । विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेलीले मोबाइल पुरानो भएकाले नयाँ किन्ने प्रसंग निकालिन् । किन्न जान गोपाल तत्पर भए । चमेलीले १५ सय रुपैयाँ दिएपछि छोरा निशान र गोपाल नयाँ मोबाइल किन्न गए ।

फर्किएर गोपालले सिमसमेत फेरिदिए । एउटा बियर खाएर साढे सात बजे उनी पसलबाट बाहिरिए । तर, त्यतै खेल्दै गरेका निशान अबेरसम्म डेरामा आएनन् । अचानक पौने ९ बजे चमेलीको मोबाइलमा फोन आयो, ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपैयाँ तयार पार ।’ तत्कालै उनले गुहार मागिन् । छिमेकीहरू जम्मा भए । प्रहरीलाई खबर भयो । तर, रातभरिको प्रयासबीच पनि बालक भेटिएनन् ।

उता, गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजे मात्र फर्किए । अहिलेसम्मको जानकारीअनुसार उनीहरूले त्यतिवेलासम्म बालकको अपहरण र हत्या गरेर खाल्डोमा गाड्नसमेत भ्याइसकेका थिए । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको उनका छिमेकीहरूले बताएका छन् । बिहान ७ बजे नै प्रहरी उनीहरूको डेरामा पुग्यो र ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी पिट्यो ।

उनीहरूकै बयानका आधारमा बालकको हत्या भएको जानकारी मिल्यो । गोपाल र अजयका घरबेटीले ठिमीकै नगदेश्वरमा बनाइरहेको नयाँ घरको पछाडिपट्टि खाल्डो खनेर बालकको शव पुरेको भन्ने उनीहरूको बयान पुष्टि भयो । किनकि, प्रहरीले त्यहाँबाट केहीवेरमै शव निकाल्यो । त्यतिन्जेलसम्म घरबाहिर भिड जम्मा भएको थियो । आरोपी दुवैलाई आँखामा पट्टी बाँधेर बाहिर निकाल्यो, गाडीमा राखेर लिएर गयो । ११ बजे दुवै आरोपीलाई गाडीमा राखेर लगिएको थियो । दिउँसो १ बजे खबर आयो, ‘घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु ।’

अपहरणकारी इन्काउन्टरमा मारिएको खबरले सामाजिक सञ्जालमा उत्साह जाग्यो । प्रहरीलाई फेसबुक र ट्विटरमा सलाम ठोकेर प्रशंसा पनि गरियो । यसले ‘हिरोइज्म’ जमाउने प्रहरी अधिकारीको महत्वाकांक्षा पूरा भएको छ । तर, बालकलाई किन बचाउन सकिएन भन्ने मूल विषय ओझेलमा परेको छ । प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा जंगलमा लगेर इन्काउन्टरको नाममा मार्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान स्वतः कमजोर भएको छ । किनकि, अपहरण र हत्या किन गरिएको थियो भनेर बयान दिन सक्ने दुवैजना मारिएका छन् । उनीहरू जंगलमा भाग्दै गरेको अवस्थामा मारिएको भन्ने प्रहरीले दाबी गरिसकेकाले त्यसअघि उनीहरूले आफ्नो डेरामा दिएको बयानसमेत औचित्यहीन भएको छ ।

२. चियापसलकी सञ्चालकसँग ४० लाख फिरौती माग

बालक निशान खड्काका अभिभावक मिहिनेती हुन् । सिन्धुपाल्चोक ज्यामिरेबाट काठमाडौं झरेर आमा चमेलीले सात वर्षदेखि चिया तथा खाजा पसल चलाएकी छिन् । बाबु मलेसियामा मजदुरी गर्छन् । मिहिनेती भए पनि आर्थिक रूपमा कमजोर नै देखिन्छ । किनकि, छोरा अपहरण हुनुभन्दा केही घन्टाअघि नयाँ मोबाइल किन्दा पनि उनले १५ सय मात्र खर्च गर्न सकेकी छिन् । यो यथार्थ अपहरणकारी भनिएका दुवैजनालाई पनि थाहा छ ।

किनकि, मोबाइल किन्न स्वयं गोपाल गएका थिए र उनीहरू दुवैजना चार वर्षदेखि पसलका नियमित ग्राहक थिए । तर, सबै अवस्था थाहा भएका आरोपीले बालककी आमासँग ४० लाख रुपैयाँ मागेको घटना आपैmँमा आश्चर्यजनक छ । त्यसकारण पनि अपहरणको उद्देश्य पैसा मात्र नभएर अन्य प्रतिशोध पनि हुन सक्छ । घटनामा दुईजना मात्र नभएर पर्दापछाडि अरू पनि संलग्न हुन सक्छन् । तर, प्रहरीले आरोपी दुवैजनालाई कठघरामा उभ्याएर रहस्य उजागर गर्न होइन, पर्दा लगाउन हतार गरेको छ ।

३. प्रहरीसँग प्रतिकार गर्न नसक्ने पेन्टरसँग पेस्तोल

घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् । किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् । त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् । यति गरिसकेपछि पनि आफ्नै कोठामा सुत्ने उनीहरू अपराधी नै भए पनि पेसेवर होइनन् । तर, प्रहरीले लास देखाउँदा उनीहरूको हातमा पेस्तोल छ । प्रहरीलाई फायरिङ गर्दै जंगल–जंगल भागेकाले जवाफी कारबाहीमा मारिएको भनिएको छ । गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com