ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसलाई उनले वर्षौ खाना खुवाइन्, उनले नै निशानको ज्यान लिए


एबीसी न्यूज
श्रावण २१, २०७५ सोमबार  ६ : ३५ बजे

काठमाडौं, २१ साउन। काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलेको छ । उनलाई अपहरणपछि हत्या गरेर भाग्दै गरेका दुई जना सूर्यविनायकको पाइलटबाबा जंगलमा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मारिनेमा अजय तामाङ र गोपाल तामाङ छन् ।

हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए ।
निशान आइतबार अपराहृन अपहरणमा परेका थिए । चमेलीका अनुसार स्कुलबाट आएपछि निशान गोपालसँगै मोबाइल किन्न गएका थिए । पेन्टिङको काम गर्ने उनी पछिल्ला केही वर्षदेखि चमेलीको पसलमा खाना तथा खाना खाने गर्थे ।

आइतबार पनि उनी वियर खाएर निस्किएका थिए । मोबाइल पसलमा छाडेर हिँडेका निशान अबरसम्म नभेटिएपछि सोधीखोजी सुरु भयो । राति ९ बजेतिर आफूलाई फोन आएको र ४० लाख रुपैयाँ फिरौती मागेको चमेलीले जानकारी दिएकी छन् ।

खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको शव  मध्यपुरथिमि नगरपालिका–७, नगदेश बुद्ध बिहारको तल एक निर्माणधिन घरको हिलोमा तीन फिट तल गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । अपहरणकारीले बालकको मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा दिउँसो १२ बजे शव भेटिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक धीरज प्रताप सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाए लगत्तै घट्नामा खटिएका महाशाखाका पाँचवटा टोली सूर्यविनायक जंगल क्षेत्रमा केन्द्रित भएर खोजी कार्य गरेको थियो ।

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका–८, स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा अपहरणकारीसँग प्रहरीको जम्काभेट भएपछि दोहोरो भिडन्त भएको हो ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिमकार्ड प्रयोग गरिएको मोबाइल बरामद गरेकोसिंहले जानकारी दिनुभयो । मृतक अपहरणकारीको शव मुचुल्का गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ ।

चमेलीले संचालन गरेको पसलमा आइरहने तामाङले आइतबार पसलमा आएर बालकसँग केहीबेर खेलेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । साँझ बालकलाई घुम्न जाने बाहनामा फकाएर लगेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले जानकारी दिएको छ ।

६ बजे हराएको बालक राति ८ बजेसम्म घर नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले आठ बजेदेखि नै बालकको खोजी गरे पनि राति ९ बजे दुई पटक अपहरणकारीले बालकको आमालाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती माग गरेपछि बालक अपहरणमा परेको खुलासा भएको थियो ।

प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाए लगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करिब १५० जनाको प्रहरी टोली राति नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो । गोपाल  गोपाल चमेलीको खाजा घरमा नियमित आउँथे र खाना तथा खाजा खाने गरेका थिए । तर, जसलाई उनले वर्षौ खाना खुवाइन्, उनले नै निशानको ज्यान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com