
काठमाडौं, २१ साउन । काँडाघारीबाट ११ वर्षिय निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएका छन्। दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको हो।
प्रहरी कारवार्हीमा मारिनेमा अपहरणकारी अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले आइतबार नै बच्चाको अपहरण पछि हत्या गरेका थिए। अपहरणकारीले बालककी आमालाई २ पटक फिरौती माग्दै फोन गरेका थिए। पछिल्लो पटक उनीहरुले ४० लाख मागेका थिए।
तर,फिरौती आउन नसक्ने देखेपछि आइतबार नै कोठामा लगेर हत्या गरेको र नजिकै लगेर गाडेका थिए। बालकको परिवारसँग चिनजान रहेको र पोल खुल्ने डरले बच्चाको अपहरणपछि हत्या गरेको हुनसक्ने अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी जानकारी दिए । अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन्। उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए। साँझ उनले नै अपहरण गरी लगेका हुन्।









प्रतिक्रिया दिनुहोस्