
काठमाडौं, २१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।
ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो ।
सिन्धुपाल्चोक घर भइ काँडाघारीमा बस्ने निशान खड्काको अपहरणकारीले सोमबार हत्या गरेका हुन् । अपहरणमा संलग्न २ जना व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् ।
बालकको खोजीका लागि खटिएको प्रहरी र अपहरणकारीबीच भक्तपुरको डोलेश्वरमा झडप भएको र त्यस क्रममा २ जना अपहरणकारी मारिएको प्रहरीले दाबी गरेको छ । बालककाे शव गाडिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
११ वर्षे खड्कालाई अपहरण गरी उनीहरुले परिवारसँग ४० लाख रुपैयाँ फिरौती मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्