ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीद्वारा आईसीयू र सीसीयू कक्षमा तोडफोड


admin
श्रावण २०, २०७५ आईतबार  ५ : ४२ बजे


भैरहवा, २० साउन ।
उपचारमा लापरवाहीका कारण आफ्नै सहकर्मी विद्यार्थीकोे मृत्यु भएको आरोप लगाउदै युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल रानीगाँउका विद्यार्थीहरुले अस्पतालमा तोडफोड गरेका छन् ।

वीडीएस चौंथो बर्षमा अध्ययनरत जनकपुरका २३वर्षीय विद्यार्थी महादेव साहको मृत्युको विषयलाई लिएर विद्यार्थीले कलेजको आईसीयू र सीसीयू कक्षमा तोडफोड गरेको कलेज प्रशासनले जनाएको छ । आईसीयू र सीसीयू कक्षमा आक्रमण गर्दा उपचारार्थ बिरामीहरु र उनिहरुका आफन्तहरुबीच कोलाहल मच्चिएको थियो ।

कलेजमै अध्यनरत आक्रोशित विद्यार्थीहरुले कलेजको लापरबाहीका कारण आफ्नो साथीले ज्यान गुमाउन परेको भन्दै आन्दोलित भएका थिए । उनीहरुले अस्पतालको अन्य क्षेत्रमा पनि तोडफोड गरेका छन् ।

कसरी मृत्यु भयो ?
कलेजमा बीडीएस चौंथौ वर्षमा अध्यनरत २३ वर्षीय महादेव साह गत हप्ता मलद्धारमा संक्रमण भएपछि कलेजमा उपचार गराएका थिए । उनको त्यसबखत संक्रमण भएको स्थान बाट पिप निकालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । त्यसपछि उनी शुक्रबार राति आकस्मिक कक्षमा उपचार गराउन आउँदा उनको संक्रमण फैलिएर रगतसम्म पुगेको चिकित्सक पवन बरालले बताए ।

‘त्यसलगत्तै बिरामीलाई आईसीयुमा राखेर उपचार गराएका हौं’, चिकित्सक बरालले भने, ‘अस्पतालमा उपचारका लागि आउँदा बिरामीको अवस्था निकै जटिल भएपछि हामी उहाँहरुको अभिभावकलाई पनि खबर गरेका हौ’, चिकित्सक बरालले भने, ‘बिरामीको एक जना दाइ मेडिकल पसल सञ्चालक भएकाले उहासँग बिरामीको अवस्थाका बारेमा हामीले तत्काल जानकारी गराएका थियौ । बिरामी उपचारमा आउँदा उनको दुबै किड्नी फेल थिए ।’ घाउबाट निस्किएको पिपका कारण रगतमा ईन्फेक्सन भै शरीरका महत्वपुर्ण अंङ्गहरुमा फैलिसकेका कारण अवस्था जटिल भएको उनले बताए ।

विद्यार्थीहरुको आन्दोलन
विद्यार्थीहरुले उपचारमा संम्लग्न चिकीत्सक लगायत अस्पताल प्रशासनलाई कार्बाहीको माग गरेका छन् । उनिहरुले अस्पतालको लापरबाहीका कारण बिध्यार्थीको ज्यान गएको दाबी गरेका छन् ।

पत्रकारको क्यामेरा तोडफोड
आन्दोलित विद्यार्थीहरुले पत्रकारलाई आन्दोलनको समाचार सम्प्रेषण गर्नका लागि खबर गरेर आफैहरुले पत्रकाहरुलाई दुव्र्यवहार गर्नुका साथै क्यामेरा तोडफोड गरेका छन् । उनीहरुले एपीवान टिभिको क्यामेरा खोसेर फुटालिदिएका छन् । त्यसैगरी पत्रकाहरुमाथि पनि आक्रमणको प्रयास गरेका छन् ।

आक्रमणकारीलाई कार्बाहीको माग
पत्रकाहरुले सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यायलमा निवेदन दर्ता गराएका छन् । पत्रकार राधेश्याम विश्वकर्मा र दिपक घिमिरेले तोडफोड गरिएको क्यामेराको क्षतिपुर्ती र घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । उता पत्रकार महासंघ रुपन्देही शाखाले पनि घटनामा संम्लग्नहरुलाई कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com