साउन २०, बुटवल ।
इजलास, बेन्च र बादी प्रतिबादीका बहसमा केन्द्रित हुने उच्च अदालतका न्यायाधिसहरु फोहर टिप्न सडकमा निस्किएकाछन् । तुलसिपुर उच्च अदालत, बुटवल ईजलासका न्यायाधिसहरु आईतबार बिहानै देखि बुटवलको हिलपार्कको फोहर टिप्न सडकमा निस्केका हुन् ।
एबिसी न्युजको संयोजन र बुटवल महिला जेसिजको आयोजनामा तुल्सिपुर उच्च अदालत बुटवल इजलासका न्यायधिसहरु सहित नेपाली सेना र नेपाल प्रहरीको संयुतm पहलमा आज बुटवल हिलपार्क परिसर सरसफाई गरिएको छ । बाताबरण सफा र स्वच्छ हुन सके मात्र नागरिक स्वस्थ हुनेछन् भन्ने अपेक्षाका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक बुटवल महलिा जेसिजले जनाएको छ ।
सरसफाई कार्यक्रममा बोल्दै बुटवल इजलासका प्रमुख माननिय रमेश पोख्रेलले सार्बजनिक जग्गामा फोहोर गर्नेलाई कारबाही गर्ने निती अबलम्बन गर्न सके सार्बजनिक स्थलहरु सफा सुन्दर हुन सक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले सामाजिक भावनाको कार्यक्रममा नेपाल प्रहरीलाई समेत सहभागी गराएकोमा ख्शी ब्यतm गर्दै पmोहोरको स्थायी ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । बाताबरणको सरसफाइसंगै सामाजिक भावनाको उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बुटवल महिला जेसिजका अध्यक्ष जेसी राधिका पोखे्रलले बताउनुभयो ।
सरसफाई कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष भिम तुलाचन, उच्च अदालतका न्यायाधिस बिदुर बिक्रम थापा र कृष्णलाल भट्टराई, एबिसी न्युज प्रदेश ५ का व्युरो प्रमुख शरण कर्माचार्य, महिला जेसिसका सस्थापक अध्यक्ष रेखा कट्टेल लगायतले बोल्नुभएको थियो ।
बुटवल हिलपार्क परिसरमा दैनिक हजारौको संख्यामा आन्तरिक पर्यटक र बिहानी ब्ययामका लागी नागरिकहरु पुग्ने गरेका छन् । सरसफाई कार्यक्रममा प्रहरी, अदालतका न्यायधिसहरु, दंगा नियन्त्रणको टोली, महिला जेसीज लागायतका गरी करि ३०० जनाको सहभागी रहेको थियो । जेसी शर्मिला रानाले जेसिस बाचन गरेर सुरु भएको कार्यक्रमको संचालन क्लबका महासचिव जेसी लक्ष्मी थापाले गर्नुभएको थियो । सररफाई कार्यक्रमको संयोजन एबिसी न्युज प्रदेश ब्यूरोले गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्