
जाजरकोट, २० साउन । भेरी नगरपालिका–३ ठाटिबजारमा पहिरो जादा दुई घर पुरिएका छन्। आज विहान आठ बजे गएको पहिरोमा तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लाल बहादुर लोहारको जीवीत उद्धार गरी जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने लोहारकी छोरी , श्रीमती र २ छोराको मृत्यु भएको छ । परी दुई घरसँगै एक दर्जन बढी पुरिएको आशंका गरिएको छ।
स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको तिर्थ बहादुर बोहरा र गोपाल सुनारको घर पुरएको हो। पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको स्थानीय बासीले बताएका छन् ।
प्रत्यक्ष दर्शी पुनका अनुसार पहिरोले घर भित्र भएका र बाटोमा हिडिरहेका बटुवाहरु पनि पुरिएको आशंका गरिएको छ । पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। बर्षा नरोकिएको र भिरालो भूभाग भएका कारण उद्दारमा समस्या परेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्