
काठमाडौं , २० साउन। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि पन्ध्र दिनका लागि बिदामा बस्ने हुनुभएको छ। आफू बिदामा बस्ने जानकारी उहाँले शनिबार राष्ट्रपति समक्ष जानकारी गराउनुभएको हो ।
शैक्षिक प्रमाणपत्र शंकास्पद र मुद्दा फैसला विवादास्पद भएको भन्दै संसदीय सुनुवाई विशेष समितिले उहाँलाई प्रधानन्यायाधीश बन्न अस्वीकृत गरेको थियो । समितिको निर्णयपछि नियमित काममा जाने, बिदामा बस्ने या राजीनामा दिने विकल्प रहेकोमा उहाँले मध्यमार्गी बाटो रोज्नुभएको हो ।
यसअघि उहाँले नियमित काममा जाने र पेशी तोक्ने प्रतिक्रिया दिनुभएको थियो । तर राजीनामा नदिए महाअभियोग लगाउने सत्तारुढ नेकपाको तयारी रहेको बुझेपछि उहाँले बिदामा बस्ने निर्णय गर्नुभएको हो ।
बिदामा बस्ने निर्णय गर्नुअघि शनिबार विज्ञप्ति निकालेर उहाँले आफूलाई अन्याय भएको भन्दै शैक्षिक प्रमाणपत्रको स्वतन्त्र छानविन गर्न माग गर्नुभएको छ ।







प्रतिक्रिया दिनुहोस्