
चितवन, २० साउन। नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पहिरो खसेपछि अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएराति करिब साढे १० बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
रातिको समयमा पहिरो पन्छाउन नसकिएपछि आइतबार बिहानैबाट पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो खसेर बाटो बन्द भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
नारायणगढ–मुग्लिन सडक बिस्तार भएपनि ठाउँ ठाउँमा पहिरो झर्ने क्रम नरोकिँदा यात्रुहरुले सास्ती पाएका छन् ।







प्रतिक्रिया दिनुहोस्