
काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले न्यायपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तै निरिह हुने तर्क गर्नु भएको छ ।
एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुराकानी गर्दै नेता कोइरालाले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन हुन अति जरुरी रहेको बताउनुभएको हो ।
उहाले न्यायपालिका सचिवालयको तर्फबाट बक्तव्य तयार पार्नु र न्यायाधिशले सार्वजनिक सञ्चार माध्यममा अन्तरवार्ता दिनु दुवै गलत रहेको बताउनुभयो । सरकारले कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशीलाई बालुटारमा बोलाएर राजीनामा माग्नु जायज नभएको कोइरालाको भनाइ छ ।
कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाईको सरकारले आफ्नो सामान्य ऐजेन्डालाई ध्यान दिएर छिट्टै अगाडि बढाउन सुझाउनुभयो । उहाले सुन काण्ड र सिन्डीकेटको समस्या अहिले बेबारीसे हँुदै गएकको टिप्पणी गर्नुभयो । कोइरालाले समस्याकोे निकास ननिसकिनुनै सरकारको सबै भन्दा ठूलो कमजोरी देखिएको बताउनुभयो ।
सत्तारुढ र प्रमुख प्रतिपक्षको विचमा चलेको आरोप,प्रत्यारोप र संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा कोइरालासँग गरिएको अन्तर्वाता आज शनिबार राती ९ बजे, भोली आइतबार विहान ८ बजे र दिउसो २ बजे पुन प्रसारण गरिने छ ।







प्रतिक्रिया दिनुहोस्