ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीसमा दीपकराज जोशी अस्वीकृत हुनुको कारण यस्तो


एबीसी न्यूज

काठमाडौं , १८ साउन । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् ।
कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो । सत्तारुढ दल नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् ।
संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीस दीपकराज जोशीको नाम अस्वीकृत गर्नुको कारणबारे नेकपा नेता एबं सुनुवाई समितिका सदस्य योगेश भट्टराईले ५ बुँदे कारण अघि सारे।

सर्वोच्च अदालतमा रिक्त रहेको प्रधानन्यायाधीस पदमा बरिष्ठ न्यायाधीस जोशीको नाम सम्बैधानिक परिषदबाट सिफारिस भई आएकोमा संसदीय सुनुवाई कार्यविधि(२०७५ को सम्पूर्ण प्रक्रिया पुरा गरी प्रस्तावित व्यक्तिसँग निजको योग्यता अनुभव अभिरुचि तथा उक्त पदको जिम्मेवारी निर्वाहको सम्बन्धमा निजको अवधारणा सम्बन्धमा निजलाई २०७५ साउन १० गते आमन्त्रित गरी सुनुवाई सम्पन्न गरिएको थियो।

संसदको संयुक्त बैठक र संघीय संसदको नियमावली–२०७५ को नियम २६ (५) बमोजिम प्रधानन्यायाधीस पदमा प्रस्तावित निज दीपकराज जोशीको नाम आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा हाम्रो तर्फबाट प्रस्तुत गर्दा पेशगरिएका तर्कहरु निम्न बमोजिम छन्।

१. प्रस्तावित व्यक्तिले नेपालको प्रधानन्यायाधीसमा नियुक्ति भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने हामीले सुनुवाईका क्रममा सोधेका थियौँ। नेपालको प्रधानन्यायाधीसको पदमा रहेर नेपालको न्याय क्षेत्रको नेतृत्वका सम्बन्धमा उहाँले कुनै ठोश अवधारणा र कार्ययोजना समेत पेश गर्न नसकेको।

२. सुनुवाईको क्रममा उहाँको बारेमा आम नागरिक र सुनुवाईका क्रममा उजुरीका रुपमा पेश गरिएका समितिका माननीयहरुबाट उहाँको आचरण, इमान्दारिता र कार्यक्षमताका सन्दर्भमा राखिएका कुनैपनि जिज्ञाशाको सन्तोषजनक रुपमा उहाँले जवाफ दिन नसकेको।

३. प्रस्तावित व्यक्तिले अध्ययन गरेको संस्थाको प्रमाण पत्रहरु सन्देहात्मक रहनुका साथै जन्ममिति समेत फरक(फरक उल्लेख रहेको र त्यस सम्बन्धमा उहाँबाट यथेष्ट प्रमाण तथा सन्तोषजनक जवाफ प्रस्तुत हुन नसक्नु।

४. निजको सार्वजनिक आचरण र विगतका कामकारवाही सम्बन्धमा पूर्व प्रधानन्यायाधीस र न्यायाधीसहरुबाट नै लिखित रुपमा टिप्पणी गरेको पाइएको। र, सर्वोच्च अदालतमा रही कार्यसम्पादन गर्दा नेपालको न्याय प्रणालीलाई योगदान दिनसक्ने कुनै काम गरेको दृष्टान्त पेश गर्न नसकेको। साथै, निजबाट नेपालको न्यायालय स्वतन्त्र, सक्षम, प्रभावकारी र विकृतिविहीन हुनसक्छ भन्ने विषयमा यस समितिमा माननीयहरु सन्तुष्ट हुन नसकेको।

५. तसर्थ नेपालको प्रधान्यायाधीस जस्तो गरिमामय पदमा निजलाई जिम्मेवारी दिन हुने कुनै प्रभावकारी आधार र कारण समितिले पाउन नसकेको।

उपरोक्त तथ्य र कारणहरु सहित नेपालको प्रधानन्यायाधीस पदमा सिफारिस हुनु भएका माननीय दीपकराज जोशीको उक्त सिफारिसलाई संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसम्पादन नियमावली–२०७५ बमोजिम नियम २६ (५) बमोजिम अस्वीकृत गर्ने हाम्रो मत र धारणा समितिसमक्ष प्रस्तुत गरेका छौँ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com