
काठमाडौं, १८ साउन । सुनुवाई समितिमा रहेको कांग्रेस सदस्यले बैठक वहिस्कार गरेका छन् । कामु प्रधानन्याधीस दीपकराज जोशीको नाम अनुमोदन नहुने भएपछि सुनुवाई समितिमा रहेका काँग्रेसबाट रहेका सदस्यहरुले बैठक बहिस्कार गरेका हुन ।
कांग्रेसका चार सांसदले जोशीलाई अनुमोदन गर्नुपर्ने कारण लिखितरुप राखेका छन् । ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका अभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’ उनिहरुको हस्ताक्षतिर पत्रमा भनिएको छ ।
कांग्रेस सांसदहरुले तिहाईको बलमा अदालतमाथि हस्तक्षेप भएको आरोप लगाएका छन्। सांसद भिसेन दास प्रधानले भने ‘संविधान र स्वतन्त्र न्यायपालिकामाथि जुन किसिमको हस्तक्षेप भएको छ, यसले व्यक्तिको न्यायिक स्वतन्त्रमात्र होइन, हाम्रा सबै अधिकार कटौती हुनेछ ।’
नेपालमा अन्तरिम संविधान २०६३ पछि प्रधानन्यायाधीश, न्यायाधीश, राजदूत र संवैधानिक निकायका पदाधिकारीहरुको संसदीय सुनुवाइको व्यवस्था गरिएको हो । यस अवधिमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुनेमा जोशी पहिलो हुन् ।
यता जोशीको कार्य सम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएकोलगायत कारणले जोशीको नाम अनुमोदन नभएको सत्ता पक्ष सांसदहरुले बताए ।








प्रतिक्रिया दिनुहोस्