ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई प्रश्न गर्न नपाएपछि कांग्रेसद्वारा संसद बहिष्कार


एबीसी न्यूज

काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक बहिष्कार गरेको छ।  गृहमन्त्री रामबहादुर थापालाई प्रतिप्रश्न गर्न नपाएको भन्दै सुरुवातमा नेपाली कांग्रेसले संसद अवरोध गरेको थियो। तर सभामुख कृष्णबहादुर महराले आफूले गृहमन्त्रीलाई शुन्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिनका लागि समय दिएको भन्दै प्रतिप्रश्नका लागि सयम दिन नसकिने बताएका थिए।
गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका बलात्कारपछि हत्या प्रकरण र सांसद निरुदेवी पाल माथि धम्की दिइएको विषयमा संसदलाइ जानकारी दिएका थिए।
थापाले बोलेपछि प्रतिप्रश्न सोध्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। तर सभामुख महराले उनीहरूलाई समय दिएनन्। उनले कार्यसूची अनुसार संसदीय समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाए। त्यतिञ्जेल कांग्रेस सांसदहरू उभिरहे।
त्यसपछि पनि कांग्रेस सांसदले प्रतिप्रश्न गर्नुपर्ने माग उठाइरहे।

उनीहरूलाई बस्न आग्रह गर्दै सभामुख महराले बीमा विधेयक प्रस्तुत गर्न अर्थमन्त्री युवराज खतिवडालाई समय दिएपछि कांग्रेस सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।  कांग्रेस सांसदहरू नियम विपरित कार्य गरेको भन्दै बैठक छाडेर हिँडेका हुन्।
संसदको अर्को बैठक शुक्रबार डाकिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com