ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रक्रियामा गएरै जोशीकाबारे निष्कर्ष निकाल्ने तयारी


एबीसी न्यूज


काठमाडौँ, १७  साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा नेपाली काँग्रेसका सांसदले प्रक्रियामा जान नमानेपछि संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

सहमति जुट्न नसकेपछि मतदानमा गएर नाम अनुमोदन गर्ने वा नगर्ने निष्कर्ष निकाल्नका लागि प्रक्रियामा जानुपर्ने संवैधानिक व्यवस्था भएपनि काँग्रेसका सांसदले त्यसमा जान नमानेपछि समितिको बुधवारको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा समितिका सदस्य योगेश भट्टराईले भन्नुभयो, “सहमतिका लागि प्रयास गरियो, नभएपछि प्रक्रियामा मतदानबाट जाऔँभन्दा काँगे्रसका सांसदले मान्नु भएन ।”

प्रक्रियामा जान खोज्दा काँग्रेस सांसदले आफूहरुलाई छलफलका लागि थप समय माग गरेपछि शुक्रबारका लागि बैठक सरेको उहाँले जानकारी दिनुभयो । प्रक्रियामा गएर नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने नेकपा सांसदको तयारी छ भने सहमतिमै गएर निष्कर्ष निकाल्नुपर्ने काँग्रेस सांसदको भनाइ छ ।

प्रक्रियामा गए बैठक नै बहिष्कार गर्ने काँग्रेस सांसदको अडानले समितिको आजको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

काँग्रेस सांसद तथा समितिका सदस्य भीमसेनदास प्रधानले सहमतिका लागि प्रयास गर्दागर्दै थप छलफल गर्नका लागि समय आवश्यक भएको हुँदा निर्णय हुन नसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा सहमतिकै लागि प्रयास भयो, मिलाउन खोज्दाखोज्दै पनि बैठकमा यो बिषय औपचारिकरुपमा प्रवेश नै पाएन ।”

बैठकले सहमतिबाटै निष्कर्ष निकाल्ने प्रयास ग¥यो, समितिका संयोजक लक्ष्मणलाल कर्णले भन्नुभयो, “सहमतिमा वा प्रक्रियामा गए पनि सर्वसम्मत गरौँ भन्नेमा जोड छ, सहमति नभए नियमावलीले दिएको प्रक्रियाअनुसार शुक्रबार निर्णय हुन्छ ।”  समितिले यही साउन १० गते प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ गरेको थियो ।

चारपटक समितिको बैठक बस्यो तर जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेमा भन्ने निर्णय लिन सकिएको छैन् ।

बुधवार अपराह्न ३ः३० बजेका लागि बोलाइएको समितिको बैठक ६ बजेर ५ मिनेटमा शुरु भएको थियो ।  शुक्रबारको बैठकमा पनि सहमति नभए प्रक्रियाबाट टुंगो लगाउने समितिका संयोजक कर्णले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com