
काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारको राजधानी काठमाडौंलाई सफा र सुन्दर बनाएरै छाड्ने बताउनुभएको छ ।
सडकको दुरावस्थाले राजधानीलाई लाजधानी बनाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजधानी काठमाडौंलाई सफा र सन्दर बनाएरै छोड्ने दाबी गर्नुभएको छ । जनतासंग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले समय किटान गरेरै आगामी दुई वर्षभित्र राजधानीको सडक सफा र सुन्दर बनाउने बताउनुभएको हो । राजधानीलाई सुरक्षित र सुन्दर सहरको कल्पना गरिएको बताउदै ओलीले केही समय भित्रै जनताले अनुभुति हुने दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओली सडकको विस्तार र निर्माणका कार्य धेरै वर्ष पहिलेदेखि भएको बताउदै अघिल्लो सरकारको कमजोरीका कारण अहिले जनताले दुःख पाएको जिकिर गर्नुभयो । सरकारको मुल लक्ष्य सबै जनतालाई सुखी, समृद्धि र विकासमुखी रहेको बताउदै ओलीले प्रभावकारी रुपमा काम गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जनाउनुभयो ।
सडक र पुनर्निर्माणबारे प्रधानमन्त्रीसंगको विस्तृत अन्तर्वार्ता जनतासंग प्रधानन्त्री आज राति ९ बजे एबीसी टेलिभिजनबाट प्रसारण हुंदैछ ।







प्रतिक्रिया दिनुहोस्